होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • शिवरात्रिमा भाङ खाएका युवकको मृत्यु
समाचार

शिवरात्रिमा भाङ खाएका युवकको मृत्यु

  • नागरिक रैबार
शिवरात्रिमा भाङ खाएका युवकको मृत्यु

धनगढीः शिवरात्रिमा भाङ खाएका सल्यानमा एक युवाको मृत्यु भएको छ। मंगलबार भाङ खाएर घर फर्किएपछि दार्मा गाउँपालिकाका १७ वर्षीय हिमाल विक्रम चन्दको मृत्यु भएको हो।

मंगलबार शिवरात्रिमा दिउँसो अरबारे भन्ने स्थानमा घुम्न गएका बेला भाङ खाएर घर फर्किएपछि उनी बेहोस भएका थिए। दार्मा गाउँपालिका ३ फारुलाको दोभान पोलिक्लिनिक प्रालिमा उपचारका लागि लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलका अनुसार चन्दको मृत्यु भाङ खाएर हो अथवा अन्य कारणबाट भएको भन्नेबारे भने अझै खुल्न सकेको छैन। घटनाको अनुसन्धान भइरहेको छ। अहिले उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा पुर्‍याइएको छ।

चन्द घरमा आएपछि आफूले भाङ खाएको र टाउको दुखेजस्तो भयो भनेपछि अमिलाको चुक, पानी खुवाएको परिवारले जानकारी गराएको उनले बताए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार