होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज २१, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रतिनिधिसभामा पेश गर्ने तयारी
समाचार

प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रतिनिधिसभामा पेश गर्ने तयारी

  • नागरिक रैबार
प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रतिनिधिसभामा पेश गर्ने तयारी

काठमाडौंः प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोगलाई प्रतिनिधिसभाको आउने बैठकमा पेश गर्ने तयारी गरेको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूकाअनुसार सभामुखले महाअभियोग सिफारिस समिति गठनका लागि प्रयास भइरहेको छ। महाअभियोग प्रस्ताव जतिसक्दो चाडो निष्कर्षमा पुगोस् भन्ने सरकारको चाहना भएको उनले बताए।

संसद भवनमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री बडूले संसद नियमावलीकै व्यवस्था अनुसार महाअभियोग अगाडि बढ्ने बताए। ‘महाअभियोगको प्रस्ताव स्वभाविक ढंगले अगाडि बढोस् भन्ने सरकारको चाहना हो। हाम्रो नियमावलीले प्रस्ताव दर्ता भइसकेपछि ७ दिनपछिको कुनै बैठकमा राख्ने व्यवस्था गरेको छ। त्यसपछि थप प्रक्रिया सुरु हुन्छ। सम्भवतः अबको प्रतिनिधिसभा बैठकमा प्रस्ताव जान्छ होला’, मन्त्री बडूले भने।

बडूका अनुसार महाअभियोगबारे राजनीतिक नेतृत्व तहमा छलफल भइरहेकोछ। नियमावलीमा महाअभियोग समिति ११ सदस्यीय हुने व्यवस्था छ। सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माअ‍ोवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९८ जना सांसदहरुले प्रधानन्यायाधीश राणाविरुद्ध गत फागुन १ गते महाअभियोग दर्ता गराएका थिए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार