होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हत्या गरी फरार रहेका क्षेडेदहका सिंह ३१ वर्षपछि पक्राउ
समाचार

हत्या गरी फरार रहेका क्षेडेदहका सिंह ३१ वर्षपछि पक्राउ

  • नागरिक रैबार
हत्या गरी फरार रहेका क्षेडेदहका सिंह ३१ वर्षपछि पक्राउ

नागरिक रैबार/बाजुरा १८ फागुन। हत्या अभियोगमा फरार रहेका बाजुराको खप्तड क्षेडेदह गाउँपालिका २ जय बागेश्वरीका  ६८ वर्षीय मिनबहादुर सिंह ३१ वर्षपछि पक्राउ परेका छन् ।

२०४८ साल असोज ६ गतेका दिन भैसीले कोदोबाली खाएको विषयलाई लिएर गाउँमा विवाद हुँदा सोही वडाका शंकर धामीको हत्या गरी सिंह ३१ वर्षदेखि फरार रहेका थिए ।

३१ वर्षदेखि फरार रहेका सिंहलाई पक्राउ पछि जिल्ला प्रहरी कार्याल बाजुराले आज प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो ।

विज्ञापन

सिंहलाई ३१ वर्षपछि लुकिछिपि बसेको अवस्थामा कैलाली प्रहरीको सहयोगमा धनगढीको सन्तोषी टोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक चर्तुभुज ओझाले बताएका छन् ।

मिति २०५४ साल भदौ २५ गते सम्मानित पुनरावेदन अदालत दिपायलले हत्यारा मिनबहादुर सिंह समेतका प्रतिवादीहरुलाई जन्मकैदको फैसला गरेको थियो । त्यस्तै २०७५ असार २८ गते सम्मानित सर्वोच्च अदालतले निज प्रतिवादीलाई १० वर्षको कैद सजाय फैसला गरेको ।

सो फैसला मिति देखि नै निज प्रतिवादी सिंह ३१ वर्षदेखि फरार रहेका थिए । ३१ वर्षपछि पक्राउ गरिएका सिंहलाई बाजुरा जिल्ला अदालतले आजै कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार