होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पलविरुद्ध प्रमाण संकलन गर्दै प्रहरी, कसरी हुँदैछ अनुसन्धान ?
समाचार

पलविरुद्ध प्रमाण संकलन गर्दै प्रहरी, कसरी हुँदैछ अनुसन्धान ?

  • नागरिक रैबार
पलविरुद्ध प्रमाण संकलन गर्दै प्रहरी, कसरी हुँदैछ अनुसन्धान ?

काठमाडौंः एक नाबालिग गायिकामाथि बलात्कारको आरोप लागेका नेपाली चलचित्रका नायक पल शाहमाथि प्रहरी अनुसन्धान जारी छ। पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा ती गायिकाका बुवाले जबर्जस्ती करणी गरेको भन्दै जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा पलविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। सुरुको केही दिन प्रहरीलाई छलेका पल गएको आइतबार आफैँ प्रहरी कार्यालयमा उपस्थित भएका थिए। उनीविरुद्ध जिल्ला अदालतले सात दिनको न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

प्रहरीले पलविरुद्ध प्रमाण संकलनलगायत काम अगाडि बढाएको एक प्रहरी अधिकारीले जानकारी दिए। ती प्रहरी अधिकारीका अनुसार तनहुँबाट पललाई केही दिनपछि गैँडाकोट समेत लगिनेछ। पलविरुद्ध आफूलाई मादकपदार्थ सेवन गराई गत वर्ष चैत ७ गते गैँडाकोटको एक होटेलमा बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैँडाकोटमा अर्को जाहेरी दर्ता भएको छ। पललाई गैँडाकोट लगिए पनि मुद्दा प्रक्रिया भने तनहुँबाटै अगाडि बढ्नेछ। गैँडाकोटमा पलको अनुसन्धान सकिएपछि मिसिलसहित उनलाई तनहुँ पठाइनेछ। प्रहरीले पल गैँडाकोटमा बसे नबसेको रेकर्ड समेत हेर्नेछ। त्यसबाहेक त्यसलाई पुष्टि गर्ने प्राविधिक अनुसन्धान पनि प्रहरीले गर्नेछ। उनको बयान भने गैँडाकोटमा समेत हुनेछ। बयान, प्रमाणलगायत सबै कागजातहरू अनुसन्धानपछि तनहुँ जिल्ला प्रहरी कार्यालयलाई नै सुम्पिने तयारी छ।

पललाई भेट्नका लागि पछिल्लो समय तनहुँमा समर्थकलगायत व्यक्तिको भिड लाग्न थालेको छ। प्रहरीले नजिकका आफन्त र कानुन व्यवसायीबाहेक अरूलाई भेट्न रोक लगाएको छ। पल प्रकरणमा नेपाली कलाकार समेत पक्ष र विपक्षमा बोल्दै आएका छन्।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार