होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पल शाह प्रकरणः दमौलीमा युट्युबरको भीड, प्रहरी हैरान
समाचार

पल शाह प्रकरणः दमौलीमा युट्युबरको भीड, प्रहरी हैरान

  • नागरिक रैबार
पल शाह प्रकरणः दमौलीमा युट्युबरको भीड, प्रहरी हैरान

धनगढीः दमौली बजारका होटलहरू पाहुनाले भरिएका छन्। बजार र जिल्ला प्रहरी कार्यालय अगाडिको सडकमा दिनभर क्यामरा बोकेकाहरू देखिन्छन्। नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा कलाकार पल शाह पक्राउ परेपछि उनका आफन्त, समर्थक, सञ्चारकर्मी र युट्युब च्यानल सञ्चालकहरूको भीड दमौली केन्द्रित भएको हो।

पक्राउ पुर्जी जारी भएपछि आफैं आएका शाह गत आइतबारदेखि जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन्। नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा कारबाहीका लागि उनीविरुद्ध गत बिहीबार जाहेरी दर्ता भएको थियो। जिल्ला अदालतले ७ दिनको न्यायिक हिरासतमा राख्न दिएको अनुमतिपछि अनुसन्धान भइरहेको डीएसपी युवराज खड्काले बताए।

‘अनुसन्धान जारी छ, जति सक्दो छिटो प्रक्रिया सकेर अदालतमा पेस गर्छौं,’ उनले भने। शाहलाई भेट्ने भन्दै उनका आफन्त, समर्थक र युट्युबरहरूको दिनहुँ भीड लाग्न थालेपछि प्रहरी हैरान छ। भीडले गत सोमबार शाहको पक्षमा नाराबाजी नै गरेको थियो। नाराबाजी गर्न लगाउँदै भिडियो खिच्नेहरूको भीड देखेर दमौलीका स्थानीय पनि हैरान छन्। कार्यालय परिसरमा अनधिकृत प्रवेश रोक्न प्रहरीले जनशक्ति थपेको छ भने भीड छेक्न मंगलबारदेखि मूल गेट अगाडि बाँस, ब्यारिकेट र डोरी लगाएको छ। आफन्त र कानुन व्यवसायीबाहेक अरूलाई शाहसँग भेटका लागि प्रवेश नदिइएको प्रहरीले जनाएको छ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार