होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सशस्त्र प्रहरीमा जागिर खान उत्तरपुस्तिकामा चिट नै स्टिच
समाचार

सशस्त्र प्रहरीमा जागिर खान उत्तरपुस्तिकामा चिट नै स्टिच

  • नागरिक रैबार
सशस्त्र प्रहरीमा जागिर खान उत्तरपुस्तिकामा चिट नै स्टिच

सशस्त्र प्रहरी बल जवानको परीक्षामा अनियमित कार्य गरेको आरोपमा लोकसेवा आयोगले पाँच परीक्षार्थीलाई एक वर्षका लागि प्रतिबन्ध लगाएको छ ।

उत्तरपुस्तिकामा आफ्नो विवरण केरमेट गरेर अर्को परीक्षार्थीको विवरण राख्ने तथा चिट चोरी गरेको पाइएपछि लोकसेवाले ती पाँच परीक्षार्थीको लिखित परीक्षा रद्द गरेको हो । साथै आगामी एक वर्षसम्म आयोगबाट सञ्चालन हुने परीक्षामा सहभागी हुन नदिने निर्णय आयोगले गरेको छ ।

रामेछापको उमाकुण्ड गाउँपालिकाका प्रकाश श्रेष्ठले उत्तरपुस्तिकामा आफ्नो विवरण केरमेट गरी अर्को परीक्षार्थीको विवरण लखेको पाइएको आयोगले जनाएको छ ।

विज्ञापन

त्यस्तै, सर्लाहीका रवी रन्जनले चिट चोरेको पाइएको छ भने जाजरकोटका जयबहादुर बढाले सिंगै पाना चिट मूल उत्तरपुस्तिकामा स्टिच गर्न खोजेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार