होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, पुस १८, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • ‘सक्किगो नि’ मा किन देखिएका छैनन् ‘जिक्री’ ?
मनोरञ्जन

‘सक्किगो नि’ मा किन देखिएका छैनन् ‘जिक्री’ ?

  • नागरिक रैबार
‘सक्किगो नि’ मा किन देखिएका छैनन् ‘जिक्री’ ?

पछिल्लो समयको लोकप्रिय हास्य टेलिसिरियल हो ‘सक्किगो नि’ । समसामयिक विषयवस्तुमा निर्माण हुँदै आएको सिरियलमा अर्जुन घिमिरे ‘पाँडे’, कुमार कट्टेल ‘जिक्री’, रक्षा श्रेष्ठ, मधुसुदन पाठक, अशोक धिताल, सागर लम्साल, दीपक आचार्य ‘काकु’ लगायतका थुप्रै कलाकार नियमित देखिँदै आएका छन् ।

तर, पछिल्लो समय प्रसारमा आएको ५ भागमा भने यसका मुख्य कलाकार कुमार कट्टेल ‘जिक्री’ हराएका छन् । सिरियलबाट कट्टेल हराउनुलाई विभिन्न अनुमान गर्न थालिएको छ । कतिपयले त टिमसँगको मनमुटावका कारण कट्टेलले सिरियल छोडेको भनेका छन् भने कतिपयले कुमारले अर्काे सिरियल ल्याउन लागेको अनुमान समेत लगाएका छन् । आखिर किन हराए सिरियलबाट कट्टेल ?

सिरियलबाट आफु हराउनुको कारण सिरियल छोड्नु नभएको कलाकार कट्टेलले बताए । ‘सिरियलको कथा अगाडि बढ्दै जाँदा कथाको मागमा केही भागमा मेरो भूमिका परेन’, कट्टेलले भने, ‘सिरियल मैले छोडेको छैन । टिमसँग म सधै छु ।’ विगत ५ भागमा कथाका कारणले आफु छुटेको भएपनि अवको भागबाट आफ्नो भूमिका नियमित रहने कट्टेलले सुनाए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार