होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बालेन र हर्कले दलहरूलाई सबक सिकाए : प्रचण्ड
समाचार

बालेन र हर्कले दलहरूलाई सबक सिकाए : प्रचण्ड

  • नागरिक रैबार
बालेन र हर्कले दलहरूलाई सबक सिकाए : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले काठमाडौं र धरानमा स्वतन्त्रले जिते पनि जनकपुरदेखि धनगढीसम्मका सबै पार्टीकै प्रतिनिधिले जितेको टिप्पणी गरेका छन्। माओवादीबाट निर्वाचित देशैभरका स्थानीय तहका प्रमुख र उपप्रमुखको अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रचण्डले काठमाडौंका बालेन शाह र धरानका हर्क साम्पाङले दलहरूलाई सबक सिकाएको बताए ।

काठमाडौं र धरानमा जितेका जनप्रतिनिधिले वास्तविक माओवादीले जस्तै कुरा गर्न खोजेको प्रचण्डको तर्क छ । ‘बालेन र हर्कले माओवादीले जस्तो कुरा गर्या छन्। त्यसो भएको हुनाले जनताले मत दिएर जिताए । हिजो माओवादीले जनताको सेवा गर्ने, जनताका लागि खानेपानी, फोहोर मैला व्यवस्थापन, शोषण, विभेद र अन्याय अत्याचार अन्त्य भन्थ्यौ ।’ प्रचण्डले भने, ‘तर, अहिले उनीहरु (बालेन र हर्क साम्पाङ) पानी भन्ने वित्तिकै पानीको मुहान खोज्दै हिँड्छन्। फोहोर मैला व्यवस्थापन भौतिक पूर्वाधारका कुरामा त्यसैगरी नै लाग्या छन् ।’ पार्टीले गर्ने काम काठमाडौ र धरानका प्रतिनिधिले गरेकाले जनताले पार्टीलाई सबक सिकाएको बताए । ‘हामीले गर्ने स्थिति नभएपछि बालेन हर्कहरुलाई जिताएर देखाए । त्यसो गरेर जनताले हामीलाई सबक सिकाए’ प्रचण्डले भने, ‘मैले संसदबाट उनीहरुलाई बधाई भनेको छु । हामीलाई सबक हो । जनताको सेवाको निम्ति समर्पित हुन लेसनको रुपमा लिनुपर्छ । त्यसलाई नकारात्मक रुपमा लिनुको कुनै अर्थ छैन ।’

‘जनताले माओवादी सच्चिएर अगाडि आओस् भन्ने चाहेका छन् । कतिपय साथीहरुले भन्नुभयो ७५३ पालिका स्वतन्त्र आउन बेर छैन भन्नुभयो । त्यो कुरा होइन त्यसमा कोही भ्रममा नपरौँ । अझ कयौं दशकसम्म पार्टीहरू बिग्रे पनि सप्रे पनि उनीहरुले नै चलाउँछन् । स्वतन्त्र आए लान्छन् भन्ने होइन ।’ प्रचण्डले भने, ‘तर, यहाँ हाम्रो कालिकोटबाट माओवादीकै स्वतन्त्र निर्वाचित हुनुभयो उहाँ स्वतन्त्र होइन । जनकपुर धनगढीमा जितेको पनि स्वतन्त्र होइनन् । ती सबै पार्टीका हुन् ।’

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार