होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • राजनीतिको चाबी जनताले माओवादीको हातमा राखिदिए: दाहाल
समाचार

राजनीतिको चाबी जनताले माओवादीको हातमा राखिदिए: दाहाल

  • नागरिक रैबार
राजनीतिको चाबी जनताले माओवादीको हातमा राखिदिए: दाहाल

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताले मुलुकको राजनीतिको चाबी आफ्नो पार्टीको हातमा राखिदिएको बताएका छन् । उनले स्थानीय तह निर्वाचनमा तेस्रो राजनीतिक शक्ति बनाएर जनताले शंका पनि व्यक्त गरेको र आशा पनि राखेको बताए ।

माओवादी केन्द्रबाट स्थानीय तहमा निर्वाचित मेयर/अध्यक्ष र उपमेयर/उपाध्यक्षलाई अभिमुखीकरण प्रशिक्षण दिने क्रममा बुधबार दाहालले जनताका काम गर्नुपर्ने बताए । उनले भने, ‘हाम्रो पार्टीप्रति जनताको मोहभंग भइसकेको स्थिति छैन । तर यिनीहरू पनि विचलित हुने हुन् कि भन्ने चिन्ता जनतामा छ । जनताले मुलुकको राजनीतिको चाबी माओवादीको हातमा राखिदिएको जस्तो छ । माओवादी सच्चिएर अगाडि आओस् भन्ने जनताको चाहना छ,’ उनले भने ।

जनप्रतिनिधिलाई जनताको बीचमा पठाउनका लागि पार्टीले निर्देशिका नै जारी गर्ने अध्यक्ष दाहालको भनाइ थियो । उनले पार्टी महाधिवेशनको मर्म र भावनाअनुसार निर्देशन दिइएको निर्देशिका तयार हुने र त्यसैअनुसार स्थानीय तहमा जनप्रतिनिधिले काम गर्नुपर्ने निर्देशन दिएका छन् । ‘उपदेश दिनका लागि यो आयोजना गरिएको होइन । उपदेश धेरै भइसकेको छ । कामकाजी कुरा चाहिएको छ । हाम्रा प्रतिनिधिलाई हेर्दा जनताले माओवादी सच्चिन लागेको रहेछ भन्ने हुनुपर्‍यो,’ उनले भने ।

विज्ञापन

कार्यक्रममा जनप्रतिनिधिलाई अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, जनार्दन शर्मा, पूर्वमुख्यसचिव लिलामणि पोखरेल, गिरिरराजमणि पोखरेल, मुक्ति प्रधान, खिमलाल देवकोटा, उर्मिला अर्याल, राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाल, चन्द्रकान्त भण्डारी, मीनबहादुर श्रेष्ठलगायतले प्रशिक्षण दिने कार्यक्रम छ ।

माओवादी केन्द्रले देशभर १ सय २१ स्थानीय तहका मेयर/अध्यक्ष जितेको छ भने १ सय २६ स्थानीय तहमा उपमेयर/उपाध्यक्ष विजयी भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार