होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पूर्वप्रधानन्यायाधीश र नेपाल बारका पूर्वअध्यक्षहरुको सम्पत्ति छानबिन गर्न माग
समाचार

पूर्वप्रधानन्यायाधीश र नेपाल बारका पूर्वअध्यक्षहरुको सम्पत्ति छानबिन गर्न माग

  • नागरिक रैबार
पूर्वप्रधानन्यायाधीश र नेपाल बारका पूर्वअध्यक्षहरुको सम्पत्ति छानबिन गर्न माग

सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरु, पूर्वन्यायाधीशहरु र नेपाल बार एसोसिएसनका पूर्व अध्यक्षहरु लगायतको सम्पत्ति छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको छ ।

न्यायपालिकामा हुने भ्रष्टाचारमा पूर्वप्रधानन्यायाधीशहरु, न्‍यायाधीशहरु, बेञ्च बार समन्वय समिति लगायतको पनि संलग्नता रहेको भन्दै स्वतन्त्र राष्ट्रिय कानून व्यवसायी अभियानले शुक्रबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दर्ता गरेको हो ।

अभियानका अध्यक्ष अधिवक्ता स्वागत नेपालको नेतृत्वमा गएको टोलीले विभागका उपमहानिर्देशक कमल ढकाललाई उजुरी पत्र बुझाएका हुन् ।

विज्ञापन

अभियानका अध्यक्ष नेपालले सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले पनि बेञ्च वार समन्वय समितिमा रहने न्यायाधीशहरु लगायत पूर्व न्यायाधीशहरु, बारका पूर्व नेतृत्व र वर्तमान नेतृत्व भ्रष्टाचारमा संलग्न रहेको पुष्टि गरेको बताए ।

यसअघि नागरिक अभिन्यन्ताको तर्फबाट डा.गोविन्द केसीले प्रधान्‍यायाधीश चोलेन्द्रशम्शेर जबरा र उनका नातेदारहरुको सम्पत्ति छानबिन गर्न माग गर्दे सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दिएका थिए ।अनलाइन खबरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै