नागरिक रैबार/बाजुरा १६ पुस। बाजुरा सामुदायिक सिकाई केन्द्रको अध्यक्षमा जंग विक चयन भएका छन् । बाजुरा सामुदायिक सिकाई केन्द्र बाजुराको तेस्रो जिल्ला अधिबेशनबाट विक सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।
सिकाई केन्द्रका निबर्तमान अध्यक्ष प्रेम बिकको अध्यक्षतामा शुक्रबार संचालन भएको अधिबेशनले निबर्तमान सचिव जंग बिकलाई अध्यक्षमा सर्बसम्बत चयन गरेको हो । अधिवेशनबाट वरिष्ठ उपाअध्यक्षमा लक्ष्मीराज पाध्याय, सचिव दुर्गा थापा, सहसचिव अगें रावल, कोषाअध्यक्ष जनकराज पण्डित लगायत १५ सदस्यिय समिति गठन गरिएको अध्यक्ष जंग बिकले बताएका छन ।
फेसबुक प्रतिक्रियाहरु