होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमका पूर्वमन्त्री सुवेदी भन्छन्, ‘एमाले छाड्दैन’
समाचार

सुदूरपश्चिमका पूर्वमन्त्री सुवेदी भन्छन्, ‘एमाले छाड्दैन’

  • नागरिक रैबार
सुदूरपश्चिमका पूर्वमन्त्री सुवेदी भन्छन्, ‘एमाले छाड्दैन’

धनगढी : सुदूरपश्चिमका पूर्व सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले नेकपा एमाले नछाड्ने बताएका छन्। प्रदेश सभाका कतिपय सांसदले आजै नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने तयारी गरिरहदा पूर्वमन्त्री सुवेदीले एमाले नछाड्ने बताएका हुन्।

‘म विगतमा पनि एमाले थिए, आज पनि एमाले छु र भोलि पनि एमाले नै रहनेछु,’ उनले भने। उनले विगतमा केपी शर्मा ओलीविरुद्ध आफूहरु लागेको बताउँदै एमालेविरुद्ध कहिल्यै नभएको बताए। ‘हाम्रो लडाइँ केपी शर्मा ओलीविरुद्ध थियो। पार्टी विभाजनका लागि थिएन्। त्यसैले म विभाजनको पक्षमा हुन सक्दैन्,’ सुवेदीले भने।

प्रदेश सभामा रहेका एमालेका कतिपय सांसदले आजै प्रदेश निर्वाचन कार्यालय धनगढीमा उपस्थित भएर नेकपा एकीकृत समावजवादीको पक्षमा सनाखत गर्ने तयारी गरिरहेका छन्। सुवेदी भने काठमाडौँ छन्। सुवेदी विगतदेखि नै माधव समूहमा थिए। तर भीम रावलले नयाँ पार्टीलाई साथ नदिएपछि उनले पनि एमाले नछाड्ने योजना बनाएको आकलन गर्न थालिएको छ।

विज्ञापन

दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि