होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख ९, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • कम्युनिस्ट आन्दोलनलाई छिन्नभिन्न हुन दिँदैनौं : नेपाल
राजनीति

कम्युनिस्ट आन्दोलनलाई छिन्नभिन्न हुन दिँदैनौं : नेपाल

  • नागरिक रैबार
कम्युनिस्ट आन्दोलनलाई छिन्नभिन्न हुन दिँदैनौं : नेपाल

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनलाई बिसर्जन हुन नदिने बताएका छन्। बुधबार काठमाडौंमा आफू निकट युवा संघको कार्यालय स्थापना कार्यक्रममा नेता नेपालले आफूहरु कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन चाहेको बताए।

‘कम्युनिस्ट आन्दोलनलाई छिन्नभिन्न, धरासयी र बिसर्जन हुन दिने छैनौं,’ नेपालले भने, ‘हामी कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउनका चाहान्छौं।’ काठमाडौंको बबरमहलमा आज उनले युवा संघ नेपालको कार्यालय उद्घाटन गरेका छन्।

नेता नेपालले आफूहरुलाई समेत युवा संघले उछिनेको बताए। ‘हामीले पनि भवनको खोजी गरेका छौँ,’ उनले भने, ‘राम्रो ठाउँ पाउनुहुन्छ भने खबर गर्नुहोस्।’ वरिष्ठ नेता नेपालले चैत ४ र ५ गतेको भेला एकता पक्षमा भएको दावी गरे।

देशमा विकसित राजनितिक घटनाक्रमले युवा आन्दोलनलाई पुनर्गठित गर्नुपर्ने आवश्यकता देखिएकोले युवाहरू संगठीत हुनुपर्ने नेता नेपालको भनाई छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार