होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख ८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी
समाचार

सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी

  • नागरिक रैबार
सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी

काठमाडौं। नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। सरकारलाई दिएको समर्थन एक दुई दिनमै फिर्ता लिने तयारी पार्टीले गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। शीर्ष नेताको बैठक बसेर समर्थन फिर्ता लिनेबारे टुंगोमा पुगिने प्रवक्ता श्रेष्ठको भनाइ छ।

उनकाअनुसार यसै विषयमा छलफल गर्न माओवादीका शीर्ष नेताको बैठक बस्दै छ। समर्थन फिर्ता लिने विषयमा आज बिहान पनि एक चरण छलफल भएको थियो। आज दिउँसो पनि छलफल गरेर एक दुई दिनमै टुंगो लगाउने बताइएको छ।

सत्ता समीकरणका विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजावादीका नेता डा. बाबुराम भट्टराईलाई भेटेका थिए। स्रोतकाअनुसार देउवा र डा. भट्टराईसँग्को छलफल सकारात्मक भएपछि माओवादी समर्थन फिर्ता लिने तयारीमा लागेको हो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार