होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, असार १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • ओलीका म्यादी केन्द्रीय सदस्य मुख छोपेर रुँदै होलान् : माधव नेपाल
राजनीति

ओलीका म्यादी केन्द्रीय सदस्य मुख छोपेर रुँदै होलान् : माधव नेपाल

  • नागरिक रैबार
ओलीका म्यादी केन्द्रीय सदस्य मुख छोपेर रुँदै होलान् : माधव नेपाल

धनगढी। नेकपाका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीले मनोनित गरेका केन्द्रीय सदस्यहरुलाई कटाक्ष गरेका छन्। शनिबार धनगढीमा आयोजित जनसभामा बोल्दै नेपालले ओलीले पार्टी बिधानविपरित नियुक्त गरेका केन्द्रीय सदस्यलाई निर्वाचन आयोगले मान्यता नदिएपछि कटाक्ष गरेका हुन्।

कार्यक्रममा नेपालले छिट्टै प्रतिनिधिसभा पुनस्र्थापना भई केपी ओलीको बहिर्गमन हुने बताए। उनले प्रधानमन्त्री केपी ओली आफ्नै कर्तुतले गर्दा पतन हुने समेत बताए। ‘केपी ओलीको पतन निश्चित छ,’ उनले भने, ‘म्यादी प्रहरीमा भर्ना खुलेजस्तै भर्ना खुलेको थियो। केन्द्रीय सदस्य भएर मख्ख परेका थिए। विचराहरुको टाइँ टाइँ ठिस् भयो। हिस्स बुढि खिस्स दाँत भयो। लाजले भुटुक्कै परेका होलान्। मास्कले नपुग्ने भए बुर्का पनि ओढाइदिनु।’

ओली लोकतन्त्र स्थापनाको आन्दोलनमा नदेखिएको व्यक्ति रहेको बताउँदै अध्यक्ष नेपालले ओलीलाई लोकतन्त्रको मतलब नै नरहेको बताए। ‘देश भाँडमा जाओस्, केपीलाई मतलब छैन,’ उनले भने, ‘केपीले लोकतन्त्रको हत्या गरेका छन्। प्रतिनिधि सभा विघटन गरेर देशलाई प्रतिगमनमा धकेलेका छन्।’

विज्ञापन

उनले आधिकारिक पार्टी आफूहरुको रहेको बताउँदै ओलीपक्षमा गएर अन्धकार भविष्य नबनाउन कार्यकर्ताहरुलाई आग्रह गरे। ‘केपीको नक्कली पार्टी हो,’ अध्यक्ष नेपालले भने, ‘केपीको पार्टीमा जानुभएको छ भने तपाइँको भविष्य अन्धकार छ। तपाईहरु फर्किहाल्नुस्। उज्यालो भविष्य हामीसँगै छ।’

आफूहरुतिर नफर्किनेहरु केपीसँगै सति जाने बताउँदै उनले भने, ‘त्यसपछि हामीले केही गर्न सक्दैनौं। विचरा सति गएछ भन्छौं।’ अध्यक्ष नेपालले राम्रोसँग पाटी र सरकार चलाउन नसकेको बताए। उनले केपी अब नसुध्रिने पनि बताए।

सभामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिटै नै नेकपाका नेता बामदेव गौतम आफूहरुको आन्दोलनमा सहभागी हुने बताएका छन्। शनिबार उनी समर्थक नेकपाले धनगढीमा आयोजना गरेको प्रतिनिधिसभा बिघटनको बिरुद्धमा आयोजना गरेको बिरोध सभामा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन्।

कार्यक्रममा अध्यक्ष प्रचण्डले शुक्रबार बिहान नेता गौतमसँग टेलिफोन सम्पर्कमा कुरा हुँदा गौतमले छिटै नै प्रधानमन्त्री ओलीको प्रतिगमनकाबिरुद्ध तपाईंहरुसँगै सडक आन्दोलनमा सहभागीता जनाउने बताएको जानकारी दिए। उनले भने, ‘हाल नेता गौतमले थालेको पार्टी एकता अभियान सफल नहुने र तीन महिनाभित्र ओलीको निरङ्कुशता उन्मूलन हुनेछ।’

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै