होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • प्रदेश ७
  • ओलीकै कारण निर्मलाका बलात्कारीलाई कारवाही भएनः माधव नेपाल
प्रदेश ७

ओलीकै कारण निर्मलाका बलात्कारीलाई कारवाही भएनः माधव नेपाल

  • नागरिक रैबार
[sharethis-inline-buttons]
ओलीकै कारण निर्मलाका बलात्कारीलाई कारवाही भएनः माधव नेपाल

धनगढीः नेकपा प्रचण्ड–नेपाल समूहका नेता एंव पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण निर्मला पन्तले न्याय नपाएको आरोप लगाएका छन्।

निर्मला पन्तको बलात्कारी तथा हत्यारालाई कारवाही गर्न आफुहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पटक–पटक भनेको तर उनले सुन्न नचाहेको आरोप लगाएका हुन।

नेकपा प्रचण्ड–नेपाल समूहले शनिबार धनगढीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले भने, ‘निर्मलाको कुरा केपी ओलीले सुन्नै चाहेनन्। हामीले पटक–पटक भन्यौं, तर सुन्नै चाहेनन्। अनि हामीले भन्यो, यो सरकारको पहिलो गाँसमै ढुंगा पस्यो। झिंगा पस्यो। कस्तो लाजको सरकार, हामीले जोगाउनु परेको थियो।’

प्रधानमन्त्री ओली अहंकारको घोडामा सवार नेपालको कुसन्तान रहेको बताउँदै नेता नेपालले अंहकारकै कारण उनी समाप्त हुने दाबी गरे।

 

ओलीमा महाभारतको दुर्योधन, जर्मनीका हिटलर प्रबृति रहेको टिप्पणी गर्दै नेपालले केपीले इतिहासकै कु पात्र र गफाडी नम्बर १ भएको भन्दै आरोप लगाए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै