होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रतिकुल मौसमका कारण प्रचण्डको धनगढी उडान प्रभावित
समाचार

प्रतिकुल मौसमका कारण प्रचण्डको धनगढी उडान प्रभावित

  • नागरिक रैबार
प्रतिकुल मौसमका कारण प्रचण्डको धनगढी उडान प्रभावित

धनगढीः प्रतिकुल मौसमका कारण पूर्वप्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको धनगढी उडान प्रभावित भएको छ।

शनिबार धनगढीमा आयोजना हुने विरोधसभालाई सम्बोधन गर्न बुद्ध एयरलाइन्सको विमानबाट प्रचण्ड आउने कार्यक्रम रहेको भएपनि प्रतिकुल मौसमका कारण प्रभावित भएको हो।

धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले बिहानैदेखिको हुस्सु र शितलहरका कारण उडान सेवा प्रभावित भएको बताए।

विज्ञापन

बुढथापाले बुद्ध एयरलाइन्सको बिहान ८ बजे र श्री एयरलाइन्सको बिहान ८ बजेर १५ मिनेटमा हुने उडान सेवा प्रभावित भएको बताउँदै मौसम खुलेपछि मात्र काठमाडौँबाट उड्ने जानकारी प्राप्त भएको बताए।

 

धनगढीसहित सुदूरपश्चिमको तराई क्षेत्रमा बिहानैदेखि बाक्लो हुस्सु र शितलहर परेको छ।

प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–नेपाल समूहले शनिबार धनगढीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड यहाँ आइरहेका हुन्।

नेकपाले मौसम खुल्ने बितिकै हुने उडानमा प्रचण्ड धनगढी आउने जनाएको छ। धनगढीको खुलामञ्चमा दिउँसो १२ बजे विरोधसभाको आयोजना गरिएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार