होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कोरोनाको नयाँ रुप ओमिक्रोन फैलिन नदिन निगरानी
समाचार

कोरोनाको नयाँ रुप ओमिक्रोन फैलिन नदिन निगरानी

  • नागरिक रैबार
कोरोनाको नयाँ रुप ओमिक्रोन फैलिन नदिन निगरानी

कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ। दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस नेपालमा पनि फैलन सक्ने आँकलन गरिएपछि सतर्कता अपनाउन थालिएको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले नेपालमा अहिलेसम्म कोरोना भाइरसको नयाँ रुप ओमिक्रोन देखापरेको पुष्टि नभएको बताए। उनले नेपालमा अहिलेसम्म नदेखिए पनि फैलने भने सम्भावना रहेको जानकारी दिए।

“नेपालमा पनि उक्त भाइरस फैलिने सम्भावना उच्च रहेको छ”, सहप्रवक्ता डा अधिकारीले भने, “तर हामी फैलिन नदिनका लागि तयारी अवस्थामा रहेका छौँ।”

विज्ञापन

उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतसँग सिमाना जोडिएका नाकामा रहेका सहायता कक्षले विदेशबाट आउने व्यक्तिमा ओमिक्रोन भाइरसको सङ्क्रमण छ वा छैन भनेर निगरानीलाई तीव्र पारेको छ।

यस्तै विदेशबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने गरिएको र ती व्यक्तिमा कस्तो लक्षण देखिएको छ, सोको पनि निगरानी गरिएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिए। ओमिक्रोन भाइरस नयाँ भएकाले यो कति दु्रतगतिमा फैलिन सक्दछ र यसले कस्तो असर पार्दछ भनेर अध्ययन हुन बाँकी छ।दिनेश खबरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै