होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमबाट को–को परे एमाले केन्द्रीय कमिटीको सूचीमा (नामसहित)
समाचार

सुदूरपश्चिमबाट को–को परे एमाले केन्द्रीय कमिटीको सूचीमा (नामसहित)

  • नागरिक रैबार
सुदूरपश्चिमबाट को–को परे एमाले केन्द्रीय कमिटीको सूचीमा (नामसहित)

धनगढी : एमाले अध्यक्ष केपी शर्मा ओलीले दसौं महाधिवेशनको बन्दसत्रमा ३०१ जना केन्द्रीय कमिटीको प्रस्तावित नाम सूची पेश गरेका छन्। उनले विगतको केन्द्रीय कमिटीका अधिकांसलाई समेट्दै नयाँ नामहरू थपेर पेश गरेका हुन्। उनले पेश गरेको सूचीमा सुदूरपश्चिमका २२ जना परेका छन्।

प्रस्तावित केन्द्रीय कमिटिमा लेखराज भट्ट, कर्णबहादुर थापा, गणेश ठगुन्ना, झपट रावल, प्रकाश शाह, नरबहादुर धामी र पठानसिंह बोहरा परेका छन्। भट्टको नाम सचिवमा प्रस्तावित छ। यस्तै गौरीकुमारी वली, निरुदेवी पाल, लिलाकुमारी भण्डारी, कमला बोहरा र इन्दु कडरिया पनि ओलीको सूचीमा अटाएका छन्।

गौरिशंकर थारु र कृपाराम राना पनि सूचीमा अटाएका छन्। यस्तै भूगोलतर्फ राजेन्द्र रावल, झपटबहादुर बोहोरा, नारदमुनी राना, लिलाधर भट्ट, अफिलाल ओखेडा, भैरवहादुर सिंह, कमला वली, कमला बोहरा र शान्ता शर्मा सूचीमा परेका छन्। सर्वसम्मतका लागि उक्त सूची सार्वजनिक भए पनि अहिले चुनावी प्रक्रिया अगाडि बढाइएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार