होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘कानुन पढेर न्यायका लागि लड्छु’
समाचार

‘कानुन पढेर न्यायका लागि लड्छु’

  • नागरिक रैबार
‘कानुन पढेर न्यायका लागि लड्छु’

धनगढी : कैलालीका दिवंगत पत्रकार जेपी जोशीकी छोरी पुजालाई धनगढीको एक्सिस विद्याश्रमले निशुल्क पढाउने भएको छ। पत्रकार महासंघले समन्यव गरेपछि एक्सिसले पुजालाई निशुल्क पढाउने निर्णय गरेको हो।

यसै वर्ष एसईई उत्तिर्ण गरेकी पुजाले एक्सिसमा कानुन विषयल लिएर पढ्ने बताएकी छिन्। ‘म जस्तै पीडित अरुले हुन नपरोस भन्ने मेरो चाहना हो,’ उनले भनिन्, ‘बुवालाई पनि न्याय दिलाउन सक्छु की भन्ने आश छ। कानुन पढेर न्यायका लागि लड्छु।’

पत्रकार महासंघका केन्द्रीय सदस्य भरत शाहले एसईईपछि पुजाले कानुन पढ्ने चाहना राखेपछि एक्सिससंग समन्वय गरेको बताए। एक्सिसकी प्रिन्सिपल अनिता पन्तले पु्जालाई निशुल्क पढाउने निर्णय गरेको बताउँदै भनिन्, ‘उनीबाट उत्कृष्ट नतिजाको अपेक्षा गरेका छौँ।’

विज्ञापन

तत्कालीन समयमा जनादेश साप्ताहिक र जनदिशा दैनिकमा कार्यरत जोशी २०६५ असोज २२ गते अत्तरिया बजारबाटै बेपत्ता भएका थिए। बेपत्ता भएको दुई महिनापछि ०६५ मंसिर १३ गते घरनजिकैको चौकीडाँडा महिला सामुदायिक वन उपभोक्ता समितिको जंगलमा कंकाल र हड्डी भेटिएको थियो। कंकालसँगै मोबाइल तथा परिचयपत्र भेटिएपछि उनको पहिचान भएको थियो।

घटनाको छानबिन गर्न तत्कालीन सरकारले अधिवक्ता उमेश गौतमको संयोजकत्वमा जाँचबुझ समिति गठन गरेको थियो। समितिले पत्रकार जोशीको हत्या भएको स्वीकार गरे पनि अहिलेसम्म दोषीलाई कानुनी दायरामा ल्याइएको छैन। समितिले २०६६ सालमा अध्ययन प्रतिवेदन सरकारलाई बुझाए पनि हालसम्म औपचारिक रूपमा सार्वजनिक पनि गरिएको छैन।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार