होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, मंसिर ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • सभामुख सापकोटाको भूमिका राम्रो नभए यथास्थितिमा सदन चल्न दिँदैनौं : कर्ण थापा
Breaking News

सभामुख सापकोटाको भूमिका राम्रो नभए यथास्थितिमा सदन चल्न दिँदैनौं : कर्ण थापा

  • नागरिक रैबार
सभामुख सापकोटाको भूमिका राम्रो नभए यथास्थितिमा सदन चल्न दिँदैनौं : कर्ण थापा

काठमाण्डाैं १३ भदौ । नेकपा (एमाले) का नेता कर्ण थापाले लोकतन्त्र र जनमतको विरुद्धमा प्रतिक्रियावादीहरु एक ठाउँमा उभिएको सुनाए । तर, आगामी निर्वाचनमा एमाले एक्लैले बहुमतको सरकार चलाउने पनि उनको दाबी छ । आज (आईतबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘हार्ने र पराजितहरु एक ठाउँमा छन् ।

जनताबाट जित्न सकिँदैन् भन्नेहरु एक ठाएँमा छन् । एमालेलाई जित्न सकिँदैन भनेर बडो सोची विचारी, देश तथा विदेशका प्रतिक्रियावादीहरु मिलेर एमालेलाई अदालतको परमादेशबाट सरकारबाट हटाईएको छ । जनताबाट निर्वाचित सरकार विपक्षीमा छ । ठूलो दल प्रतिपक्षी छ । अरु सबै दल मिलेर सरकार बनाएका छन् । लोकतन्त्रमा यो अनौठो हो । दलले विधिपूर्वक कारबाही गरेको छ, अनुशासनको लागि कारबाही, लिखित रुपमा गएपछि सभामुखले कारबाही गर्नुपर्छ ।’

उनले आफ्नो पार्टीले १४ जना सांसदलाई कारबाही गर्न गरेको पत्राचारबारे सभामुख अग्नि सापकोटाले अलमल गरेको पनि स्मरण गराए । उनले भने,‘यसरी अलमल गर्न पाईँदैन् । सिमा र समय लिन पाउने छैन् । उहाँले समय लिनुको कारण एमालेलाई विभाजित गर्नुछ, अर्को दल खडा गर्नुपर्नेछ । त्यो दललाई वैधानिकता दिनुपर्नेछ ।

विज्ञापन

निर्वाचन आयोगमा संसद् सचिवालयमार्फत एउटा काईते चिठ्ठी पठाईएको छ । एमालेले १४ जना सांसदलाई कारबाही गर्ने भनेर पत्र पठाएको रहेछ भनेको रहेछ । सूचना पार्टीमा टाँसिएको छैन् । सभामुख हो कि नेकपा माओवादी केन्द्रको छापामारको नेता हो ? यो प्रश्न उठेको छ । नेकपा एमलो यस्ता प्रकारका अलोकतान्त्रिक र गैरजिम्मेवारी गतिविधिको सशक्त प्रतिवाद गर्छ । एमाले सरकारमा छैन । तर, प्रतिनिधिसभामा पहिलो पार्टी हो । हामी राजनीतिक र कानूनी रुपमा उपचारमा जान्छौं ।’
उनले एमालेभित्र षड्यन्त्रकारीले आँधी हुरी सिर्जना भएको पनि सुनाए ।

उनले भने,‘पूराना मान्यता भत्किएका छन् । आँधी हुरीमा अहिले कता हो कता भएका छन् कति ? अध्यादेश पहिले पनि ल्याईएको थियो । केपी ओलीले ल्याएको अध्यादेश प्रतिगमन थियो भने अहिले देउवाले ल्याएको अध्यादेश कति गुणा प्रतिगमन थियो त ? ओलीको पालामा ४० प्रतिशतको प्रवाधानमा संसदीय दल वा केन्द्रीय कमिटीमा राखिएको थियो ।

अहिले त माधव नेपाललाई हेरेर वैधानिक दिन कति संख्या चाहिन्छ ? भनेर हेरिएको छ । माधव नेपालले जति पुर्याउनुहुन्छ, त्यति गरिएको छ । अध्यादेशको सिद्धान्तविपरित ल्याईएको छ । कांग्रेस आफ्नो मति र गतिले अब चल्न सक्दैन् ? एमालेलाई कमजोर बनाएर देशको राजनीति गर्न चाहेको हो कांग्रेसले ? अघिपछि लोकतन्त्रको ठूलो कुरा गर्ने कांग्रेस कति धेरै डराएको हो ?’

थापाले २०५४ सालमा पनि एमाले विभाजन हुँदा स्थानीय प्रतिनिधिहरुको पद नजाने सुनिश्चितत् गरिएको र अहिलेपनि त्यस्तै व्यवस्था गरिएको भन्दै गुनासो पोखे । उनले भने,‘अहिले पनि त्यही गरिएको छ । कांग्रेस विभाजन गर्न हामी कहिल्यैपनि लागेनौं । तर, दुई÷दुई पटक एमाले विभाजन गर्न कांग्रेस लागेको छ । यो कुरालाई हामी अस्विकार गर्छौं । सभामुखले आफ्नो भूमिका खेल्नुहुन्न भने यो देशको प्रमुख पार्टीको हैसियतले भनिरहेको छु–आफ्नो जिम्मेवारी र दाियत्व पूरा गर्नुहोस । हिजो सभामुख बनाउन हामीले नै बनाएका हौं । आफ्नो जिममेवारी उहाँले लिनुपर्छ ।’

उनले सभामुख सापकोटाको भूमिका राम्रो नभए यथास्थितिमा सदन नचल्ने ठाउँमा पनि जानसक्ने उनको भनाई छ । उनले भने,‘त्यो रोकिन पनि सक्छ । गर्नुपर्ने काम खुरुक्क गर्नुहोस न । एमाले विभाजन गर्न मात्रै षड्यन्त्र गर्ने ? नेकपा (एकीकृत समाजवादी) पनि नाम कन्फर्म छैन् । पार्टी अर्को बन्ला । अहिले माधव नेपालको पार्टीमा लागेकाहरु सांसद पद नरहन सक्छ ।

हामी सर्वोच्च अदालतमा जान्छौं । केही दिनका लागि एकीकृत समाजवादीलाई चोईटोलाई नामाकरण नगर्दा राम्रो हुन्छ । विभाजन गर्नको लागि अध्यादेश प्रमुख कुरा होईन । त्यो त सांसद र जनप्रतिनिधिहरुको पद जोगाउनको लागि हो नि । यो अनैतिक काम हो । एमालेको विरुद्धमा सबै खुशी हुनुपर्नै केही पनि कुरा छैन् । गठबन्धनलाई पराजित गर्ने तागद हामी एमालेसँग छ । वडादेखि केन्द्रसम्म एमालेको गहिरो प्रभाव छ । लक्ष्य र उद्देश्य हाम्रो स्पष्ट छ । अब हुने चुनावमा एमाले फेरि बहुमतका साथ आउनेछ । अब एमालेले बहुमतको सरकार चलाउँछ ।’ रिपोर्टसनेपालबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै