होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेकपा (एस) संसदीय दलको नेतामा नेपाल
समाचार

नेकपा (एस) संसदीय दलको नेतामा नेपाल

  • नागरिक रैबार
नेकपा (एस) संसदीय दलको नेतामा नेपाल

काठमाडौँ — नेकपा (एस) संसदीय दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत रुपमा चयन भएका छन् । नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेको हो ।

स्थायी कमिटीका सदस्य मुकुन्द न्यौपानेले नेपाललाई संसदीय दलको नेतामा प्रस्ताव गरेका थिए ।एमालेबाट भदौ ९ गते विभाजित भएर बनेको नेकपा(एस)ले दलको मान्यता पाएको थियो । संसदीय दलको बैठक संसद् भवनमा जारी छ ।

यसैगरी, बैठकले राष्ट्रिय सभाको संसदीय दलको नेतामा वेदुराम भुसाललाई चयन गरेको सांसद जीवनराम श्रेष्ठले जानकारी दिए ।

विज्ञापन

बैठकले संसदीय दलको विधान मस्यौदा समिति गठन गरेको छ । समितिमा भवानी खापुङ, निरादेवी जैरु, शेरबहादुर कुँवर र लक्ष्मी चौधरी छन् । एकजना राष्ट्रिय सभाबाट चयन हुनेछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार