होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • रोटेशनमा मन्त्री बनाएर सांसद व्यवस्थापन गर्दै माधव नेपाल
समाचार

रोटेशनमा मन्त्री बनाएर सांसद व्यवस्थापन गर्दै माधव नेपाल

  • नागरिक रैबार
रोटेशनमा मन्त्री बनाएर सांसद व्यवस्थापन गर्दै माधव नेपाल

काठमाडौं, १३ भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भोलि पूर्वप्रधानमन्त्री झलनाथ खनाल फर्किएपछि सरकारमा जाने मन्त्री र राज्यमन्त्रीको टुंगो लगाउने भएका छन् । नेकपा एसको भागमा ५ मन्त्री र १ राज्यमन्त्री आएको छ । तर, आकांक्षी २८ जना छन् । सबैको व्यवस्थापन गर्न नेपाललाई चुनौती छ ।

एकजना सांसद सचेतक बनाइनेछन् । अर्का एकजना महिला सांसद उपसभामुख बनाउने अवसर नेपाल समूहलाई छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपालले उपसभामुख नेकपा एसले पाउने भद्र सहमति गरिसकेका छन् । २ जनाको व्यवस्थान भएपछि बाँकी २६ जना रहन्छन् ।

२६ जनामा ६ जना सम्मलाई संसदीय समितिहरुमा सभापति बनाएर लाने माधव नेपालको तयारी छ । संख्या घट्न सक्छ बढ्ने छैन । बाँकी २० जनाको व्यवस्थापनको चुनौती रहन्छ ।

विज्ञापन

माधव नेपालल ६ जनालाई सरकारमा पठाउने तर रोटेशनमा अरुको पनि पालो आउने गरी तयारी गरेको बुझिएको छ । डेढ वर्षभित्र ६ ६ महिना मन्त्री बन्ने गरी आकांक्षीको पालो पुर्याउने गरी तयारी भएको छ ।

पहिलो चरणमा केपी शर्मा ओलीको साथ छाडेकाहरुले अवसर पाउने बुझिएको छ । प्रेम आले र किसान श्रेष्ठ पहिलो लटमा नै मन्त्री बन्ने पक्का छ । माधव नेपाललाई लामो समय देखि साथ दिदै आएका कृष्णलाल महर्जन पनि मन्त्री बन्दैछन् । मेटमणि चौधरी र रामकुमारी झाँक्रीलाई पनि मन्त्री बनाउने माधव नेपालको तयारी छ । कल्याणीकुमारी खड्का, धनबहादुर बुढा, सरला यादव, निरादेवी जैरु, भवानी खापुङ, हिराचन्द्र केसी, गोपालबहादुर बम पनि मन्त्रीका आकांक्षी छन् ।

नेकपा एसको स्थायी कमिटीमा रहेका बेदुराम भुसाल र मुकुन्द न्यौपानेको नेतृत्वमा सरकारमा पठाउने माधव नेपालको तयारी छ । बामदेव गौतम नेकपा एसमा प्रवेश गरे उनको पनि सम्भावना छ । तर, नेपालले भुसाल र न्यौपानेमध्येबाट पठाउन चाहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार