होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • झलनाथ खनाल सोमबार काठमाडौं फर्किँदै
समाचार

झलनाथ खनाल सोमबार काठमाडौं फर्किँदै

  • नागरिक रैबार
झलनाथ खनाल सोमबार काठमाडौं फर्किँदै

पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल सोमबार (भोलि) अपराह्न भारतको नयाँ दिल्लीबाट काठमाडौं फर्कने भएका छन् । मृगौलामा समस्या भएपछि स्वास्थ्य उपचारका लागि नेता खनाल गत असार २ गते भारतको दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना भएका थिए ।

स्वास्थ्य अवस्थामा सुधार आएसँगै नेता खनाल काठमाडौं फर्कन लागेको उनको निजी सचिवालयले जनाएको छ । कोरोना संक्रमण तथा मृगौलामा समस्या उत्पन्न भएपछि गत जेठ २१ गते उनी काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएका थिए ।

भारतमा उपचारका लागि प्रस्थान गर्दा पार्टी एक बनाउन सन्देश दिएका उनले भदौँ ९ गते पार्टी विभाजन हुँदा आफू नेकपा एकीकृत समाजवादी पार्टीमा रहने भन्दै भारतस्थित नेपाली दूतावास, परराष्ट्र मन्त्रालयको समन्वयमा दल दर्ताका लागि सनाखत गरेका थिए ।

विज्ञापन

औपचारिक रुपमा पार्टी विभाजनको अघिल्लो चन्द्रागिरीमा बसेको माधव नेपाल समूह पक्षको बैठकमा उनले दिल्लीबाटै भर्चुअल रुपमा सम्बोधन गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार