होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, जेष्ठ ९, २०८२
जोडिनुहोस
  • होमपेज
  • प्रदेश ७
  • गाडीले अलपत्र छाडेपछि महिलाले सडकमै जन्माइन् बच्चा
प्रदेश ७

गाडीले अलपत्र छाडेपछि महिलाले सडकमै जन्माइन् बच्चा

  • नागरिक रैबार
गाडीले अलपत्र छाडेपछि महिलाले सडकमै जन्माइन् बच्चा

बझाङ: बझाङको जयपृथ्वी नगरपालिका–११ की २५ वर्षीया शर्मीला खड्कालाई हिजो (सोमबार) सुत्केरी बेथा सुरु भयो। त्यसपछि उनी सासुसँगै जिल्ला अस्पताल बझाङका लागि घरबाट निस्किइन्।

तर उनी अस्पताल भने पुग्न पाइनन्। उनलाई एक जीपले सडकमै अलपत्र अवस्थामा छाडेर गयो। त्यसपछि शर्मीलाले सडकमै बच्चालाई जन्म दिइन्।सडकमा रोएको आवाज सुनेपछि त्यहाँका स्थानीय शर्मीला भएको ठाएँमा पुगेका थिए। आमाको अवस्था गम्भीर र छेउमै बच्चा सुतेको देखेपछि स्थानीयले जिल्ला अस्पतालमा फोन गरेका थिए।

तत्पश्चात जिल्ला अस्पताल बझाङको चिकित्सक टोली आएर आमा र बच्चको उद्धार गरेको अस्पतालका मेसु सन्दीप ओखेडाले बताए।एम्बुलेन्समा ल्याइएका र आमालाई उपचारपछि आज (मंगलबार) डिस्चार्ज गरिएको मेसु ओखेडाले बताए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार