होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • संसद विघटनको मुद्दामा बहस गर्न वरिष्ठ अधिवक्ता श्रेष्ठले मागे ५ घण्टा समय
समाचार

संसद विघटनको मुद्दामा बहस गर्न वरिष्ठ अधिवक्ता श्रेष्ठले मागे ५ घण्टा समय

  • नागरिक रैबार
संसद विघटनको मुद्दामा बहस गर्न वरिष्ठ अधिवक्ता श्रेष्ठले मागे ५ घण्टा समय

१६ माघ, काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दामा बहस गर्न वरिष्‍ठ अधिवक्ता रमण श्रेष्ठले ५ घण्टा समय मागेका छन् । तर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले भने बढी १ घण्टा भन्दा दिन नसकिने बताए ।

शुक्रबार संवैधानिक इजलासमा बहस गर्न आएका श्रेष्ठले सुरुमै आफूलाई ५ घण्टा समय दिन माग गरेका हुन् । श्रेष्ठ नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङसमेतको रिटमा बहस गर्न आएका थिए । प्रधानन्यायाधीश जबराले भने यो रिटमा अरु कानुन व्यवसायीलाई १५ मिनेटमात्र समय तोकेको भन्दै श्रेष्ठलाई १ घण्टा समय दिने बताए ।

 

विज्ञापन

तर श्रेष्ठले आफूले नयाँ विषय राख्न लागेको भन्दै धेरै समय चाहिने जिकिर गरे । प्रधानन्यायाधीश राणाले देव गुरुङसमेतको रिटमा नै ६६ जना कानुन व्यवसायी रहेको र छिटो बहस सक्नुपर्ने भन्दै १ घण्टा भन्दा बढी समय दिन नसकिनेमा अडिग रहे ।

करिब ५ मिनेटको वादविवादपछि श्रेष्ठले बहस गर्न सुरु गरेका छन् । उनले सरकारले संसद विघटनसम्बन्धी राष्ट्रपतिको विज्ञप्ति राजपत्रमा माघ ९ गते पुरानो मिति राखेर प्रकाशन गरिएको विषय उठाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार