होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भारतसँग जोडिएका सुदूरपश्चिमका सबै नाका आजदेखि खुला
समाचार

भारतसँग जोडिएका सुदूरपश्चिमका सबै नाका आजदेखि खुला

  • नागरिक रैबार
भारतसँग जोडिएका सुदूरपश्चिमका सबै नाका आजदेखि खुला

धनगढीः सरकारले भारतसँग जोडिएका सुदूरपश्चिमका सबै सीमानाका शुक्रबारदेखि खुला गरेको छ।मन्त्रीपरिषद्को निर्णयका आधारमा गृह मन्त्रालयले सीमा नाका खुला गरिएको जनाएको छ। मन्त्रालयका अनुसार कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको खलङ्गा र पुलघाट नाका पूर्ण रुपमा खुला गरिएको हो।

नाका खुलेसँगै दुवै देशका नागरिकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गरि अब सहज आवतजावत गर्न सक्नेछन्। तर सीमानाकाबाट तेस्रो देशका नागरिकलाई भने प्रवेश अनुमति नदिइएको मन्त्रालयले जनाएको छ।

सरकारले कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैत १० गतेदेखि नेपाल–भारत सीमा नाका बन्द गरेको थियो। त्यसपछि बीचमा सीमा नाकाको आवागमनलाई केही सहज बनाइएकोे भएपनि भारतीय नागरिकलाई प्रवेश अनुमती दिइएको थिएन। दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार