



नागरिक रैबार/बाजुरा १२ असोज। बाजुरालाई फुटबलका माध्यमबाट राष्ट्रव्यापी रुपमा परिचित गराई राष्ट्रिय एकतालाई खेल मार्फत मजवुत बनाउने उद्देश्यका साथ बाजुराको क्षेडेदह गाउँपालिकामा क्षेडेदह तेस्रो खुला फुटबल प्रतियोगिताको आयोजना गरिने भएको छ ।


हरेक वर्षको दशैं तिहार विशेष खेल पर्व, खेल क्षेत्रको विकास र प्रर्वद्धन हाम्रो गौरभ भन्ने मुल नाराका साथ क्षेडेदह गाउँपालिकाको वडा नं. ७ मा रहेको क्षेडेदह स्पोर्टस् क्लवको आयोजनामा यहि कार्तिक १-देखि ६ गतेसम्म फुटबल प्रतियोगिता संचालन हुने मंगलबार सदरमुकाम मार्तडीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराईएको छ ।
विगत ३ वर्ष देखि दशैं र तिहारको विचमा क्षेडेदह गाउँपालिकामा फुटवल प्रतियोगिता आयोजना गर्दै आएको क्लवले यस वर्ष पनि निरन्तरता दिएको खेल संयोजक तथा संरक्षक कृष्ण ओलीले बताएका छन् ।
क्षेडदह कप तेश्रो फुटवल प्रतियोगितामा जिल्ला भित्र र बाहिरबाट ३० बढी टिम सहभागि हुने अनुमान गरिएको छ ।
खेल मार्फत बाजुराको पर्यटन विकासमा टेवा पगाउने, खेल क्षेत्रमा नव प्रतिभाहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडीको पहिचान सहित खेलकुदको बिकास तथा खेलाडी उपादनका लागि प्रतियोगिताको आयोजना गर्दै आएको क्लवका सदस्य विशाल ओलीले बताएका छन् ।
३० टिमको सहभागिता रहने अनुमान गरिएको प्रतियोगिताको बिजेताले नगद रु २,२२,२२२ र उप-बिजेताले १,११,१११ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने भएका छन । यस्तै प्रतियोगितामा उत्कृष्ट बिभिन्न बिद्यामा समेत आकर्षक पुरस्कारको ब्यवस्था गरिएको क्लवले जनाएको छ ।



फेसबुक प्रतिक्रियाहरु