होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज २७, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • जसपामा रेशम चौधरीको पदबारे अस्पष्ट !
राजनीति

जसपामा रेशम चौधरीको पदबारे अस्पष्ट !

  • नागरिक रैबार
जसपामा रेशम चौधरीको पदबारे अस्पष्ट !

जनता समाजवादी पार्टी नेपाल (जसपा) मा रेशम चौधरीको कार्यकारिणी सदस्य पद रहे–नरहेकोबारे पार्टीमा अलमल देखिएको छ । कार्यकारिणी सदस्य रामसहाय यादवले रेशम चौधरीलाई पार्टीबाट निकालिएको बारेमा गलत प्रचार भइरहेको प्रतिकृया दिएका छन् । तर प्रचार विभाग प्रमुख समेत रहेका कार्यकारिणी सदस्य डम्बर खतिवडाले भने रेशम चौधरीलगायत १७ जनाले जसपामा छैन भनि निर्वाचन आयोगमा हस्ताक्षर गरेकाले उनीहरु स्वत पार्टीमा नरहने दावी गरे ।

‘हिजोको कार्यकारिणी समितिको बैठकले ३४ सदस्यीय कार्यकारिणी समिति कायम गरेको हो’, उनको भनाइ छ, ‘किनभने ती ३४ जनाले मात्र जसपाको आधिकारिकतामा हस्ताक्षर गर्नुभयो, बाँकी विपक्षमा हुनु भएकाले उहाँहरु जसपामा रहनु भएको छैन भनि बुझ्नुपर्छ ।’

रेशम चौधरीले पार्टीमा बस्न चाहेको हो भने आफ्नो लाइन स्पष्ट पार्नुपर्ने उनको भनाइ छ ।
उनले थपे, रेशमजी तटस्थ बस्नु भएको छ, पार्टीको आधिकारिकता उपेन्द्र यादवको पक्षमा गएपछि उहाँले अब स्पष्ट गर्नुपर्छ । उहाँले म जसपामा छु भन्नुभएको छैन, उहाँले म तटस्थ बसेको छु भन्नुभएको छ ।’

जसपाको मंगलबार बसेको कार्यकारिणी समिति बैठकले रेशम चौधरीलाई पनि पार्टीबाट निष्काशन गरेको भन्ने समाचारहरु बाहिरिएको थियो । यसबारेमा रामसहायले आफू बैठकमा हुँदा यसबारे कुनै निर्णय नभएको बताए । उनले भने, ‘म बैठकमै थिएँ, त्यस्तो कुनै निर्णय भएको छैन, रेशम चौधरीलाई निकाल्ने बारेमा कुनै निर्णय नै भएको छैन, यसको बारेमा भ्रम फैलाउने काम भइ रहेको छ पार्टीलाई बदनाम गराउने काम भइरहेको छ ।’

निर्वाचन आयोगमा भएको हेडकाउन्टमा महन्थ ठाकुर पक्षका १६ जनाले विपक्षमा मतदान गरेका थिए भने रेशम चौधरी तटस्थ बसेका थिए । ३४ जना कार्यकारिणी सदस्यले आधिकारिकताका लागि भएको हेडकाउन्टमा पक्षमा हस्ताक्षर गरेको कारण उनीहरु मात्र कार्यकारिणी सदस्य रहेको ठहर गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • १ महिना अगाडि