जीवन कैला/काेेेेेेल्टी १५ माघ। बाजुराको हिमाली गाउँपालिकाको सातांै गाउँ सभा आजदेखि शुरु भएको छ । गाउँपालिकाको केन्द्र धुलाचांैरमा आज एक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले सभाको उद्धघाटन गर्नुभएको हो ।
उद्धघाटन कार्यक्रममा बाेल्दै गाउँपालिकाका अध्यक्ष मल्लले विकट गाउँपालिकाको रुपमा रहेको हिमाली गाउँपालिकालाई समृद्ध वनाउन जनतामुखि कार्यक्रम सञ्चालन गरीने बताउनुभएको छ । स्थानिय निर्चाचनको तिन वर्षको अवधिमा थुपै्र काम सम्पन्न भएको बताउँदै उहाँले आगामी दिनमा पनि स्थानियका प्रतिफलमुखि कार्य सञ्चालन गर्नुपर्ने आवश्यक देखिएको बताउनुभयो । उहाँले हिमालीका जनतालाई कृषिमा समृद्ध वनाउन विभिन्न कृषि कार्यक्रम सञ्चालन गरीने पनि बताउनुभएको छ ।
हिमालीका जनताको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाकै सहयोगमा धुलाचांैरमा ल्याप सेवा सञ्चालनमा आएको स्मरण गर्दै अध्यक्ष मल्लले स्वास्थ्य, शिक्षा, कृर्षि, रोजगारी लगायतका कार्यक्रमलाई प्राथमिकता दिने बताउनुभएको छ । गाउँपालिकाको सातांै सभामा गाउँपालिकाका उपाध्यक्ष चन्द्रादेवि वुढा, जिल्ला समन्वय समिति सदश्य दलविर वुढथापा, वडाअध्यक्षहरु, कार्यपालिकाका सदश्यहरु, निमित्त प्रमुख प्रशासकिय अधिकृत जनक बहादुर शाही, विभिन्न शाखाका शाखा प्रमुखहरुको सहभागिता रहेको प्रधानमन्त्रि रोजगार संयोजक विर्खराज पाण्डेले जानकारी दिनुभएको छ ।
फेसबुक प्रतिक्रियाहरु