नागरिक रैबार/बाजुरा १५ माघ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुराका नव निर्वाचित अध्यक्ष गगन रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको शासन सत्ता नेपालमा अब धेरै दिन नटेक्ने बताएका छन् ।
विहिबार सदरमुकाम मार्तडीमा नेकपा बडीमालिका नगर संगठन कमिटीद्धारा आयोजित बधाई तथा स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष रावलले भने केपी ओलीले शासन सत्ताको आडमा रहेर देश डुवाउन खोजे नेपाली जनतालाई सैह्य नहुने बताएका छन् । नेपाली जनताले पाँच वर्षका लागि दिएको अभिमतलाई अढाई वर्षमै खाल्डोमा पुर्ने काम केपी ओलीले गरेकाले जनताले ओली प्रतिको विश्वास गुमाईसकेका छन् थप्दै अध्यक्ष रावलले भने ।
प्रधानमन्त्री ओलीले नेपालको संविधानलाई कुल्चिने काम गरेकाले अब नेपालमा ओलीको शासन सत्ता होइन, कानुनको शासन हुनु आवश्यक रहेको अध्यक्ष रावलको भनाई थियो ।अर्को प्रसंगमा बोल्दै अध्यक्ष रावलले बाजुरामा पनि केही व्यक्तिले कम्युनिष्टको खोल ओडेर राजनीति गरिरहेकोले तिनिहरुको पछाडि नलाग्न समेत कार्यक्रर्तालाई आग्रह गरेका थिए ।
सोही कार्यक्रममा बोल्दै नेकपा बाजुराका युवा नेता पुरबहादुर रावतले केपी ओली अहिले एमसिसीसँग सौदाबाजी गराखिराख्नु भएको छ । ओली बयालगाडा चडेर गणतन्त्र अमेरिका पुर्याउने र अमेरिकाबाट एमसिसी बयालगाडामा राखेर नेपाल पुर्याउने खेलमा लागेको आरोप लगाएका छन् । कुरा जोड्दै नेता रावतले भने केपी ओली कम्युनिष्ट हुन सक्दैनन् मात्र केसरजंग रायमाझीको दोस्रो अवतार भएको नेता रावतको भनाई थियो । सोही प्रसंगमा बोल्दै नेता रावतले बाजुरामा पनि पार्टी अध्यक्ष कालीबहादुर शाही र सचिव भरत बुढाले कम्युनिष्ट आन्दोलनलाई धोका दिने काम गरेकाले धोकेबाजहरुसित नलाग्न बाजुराली जनतालाई आग्रह गरेका छन् ।
नेकपा बाजुराको प्रदेश निर्वाचन क्षेत्र (क) को कोल्टी क्षेत्रमा माघ १३ गते सम्पन्न भएको खुला आमसभाबाट बाजुुराको अध्यक्षमा निर्वाचित भएका गगन रावललाई नेकपा बडीमालिका नगर कमिटीले बधाई तथा स्वागत कार्यक्रम राखेको थियो ।
नेकपा बडीमालिका नगर संगठन कमिटीका सचिव चन्द्र थापाको अध्यक्षतामा संचालन गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेकपा बाजुराका अध्यक्ष गगन रावल रहेका थिए । त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि सचिवालय सदस्यद्धय पूरबहादुर रावत, मानबहादुर विक, जिल्ला कमिटी सदस्य किट्टो लवार, गोरख बहादुर सार्की, शुरेस विक, लालबहादुर विक, विष्णु रावल, जानकी रोकाया, राष्ट्रिय युवा संघ नेपाल बाजुराका संयोजक सन्तोष विक लगायत नगर कमिटीका पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन नगर सचिवालय सदस्य मानबहादुर कार्कीले गरेका थिए ।
फेसबुक प्रतिक्रियाहरु