होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, असार १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • खानेपानीको विषयमा २ गाउँबीच विवाद, बैठकमै भयो कुटपिट
समाचार

खानेपानीको विषयमा २ गाउँबीच विवाद, बैठकमै भयो कुटपिट

  • नागरिक रैबार
खानेपानीको विषयमा २ गाउँबीच विवाद, बैठकमै भयो कुटपिट

धनगढी: डडेधुराका २ गाउँबीच रहेको खानेपानीको विवाद चरम उत्कर्षमा पुगेको छ। यतिसम्मकी बिहिबार बिहान उक्त विवादमा हात हालाहालसम्म भयो। जिल्लाको भागेश्वर गाउँपालिकामा निर्माणधिन रहेका स्वबीगडा खानेपानी योजनाका विषयमा उक्त कुटपिट भएको हो।

गाउँपालिकाको वडा नम्बर ४ का गुदरा र आरकुडा गाउँबीच रहेको विवाद सुल्झ्याउन बोलाइएको बैठकमा हातपात भएको पीडित पक्षले बताएको छ। गुदरा गाउँका चेतराज भट्टले आरकुडाबाट आएको ७ जनाको समूहले बैठकमै आफुसहित ३ जनामाथि हातपात गरेको आरोप लगाएका छन्।

उनका अनुसार आरकुडा गाउँका लालसिंह भाट, रामसिहं भाट, सुन्दरसिंह भाट, लोकसिंह भाट, बिरेन्द्रसिंह भाट, चक्रसिंह भाट र सुरेन्द्रसिह भाटले खानेपानी आयोजनाको बारेमा बसिरहेको बैठकमै आएर कुटपिट गरेका थिए।

विज्ञापन

‘खानेपानी आयोजनाको बारेमा प्राविधिकहरुसँग छलफल भइरहेको थियो। त्यही समयमा आरकुडाको समूहले मसहित रामदत्त भट्ट र कृष्ण भट्टमाथि कुटपिट गर्यो। कुटपिटबाट चोटपटक समेत लागेकाले उनीहरुविरुद्ध उजुरी दिने तयारीमा छौ’ उनले भने।

 

आफुहरुले इलाका प्रहरी कार्यालय बगरकोटमा उजुरी दिएको तर त्यहाँबाट चित्तबुझ्दो प्रतिक्रिया नपाइएकाले जिल्ला प्रहरी कार्यालय डडेल्धुरा पुगेको चेतराज भट्टले बताए।

उता पीडक भनीएको पक्षका लालसिह भाटले भने आफुहरुसँग कुनै छलफल नगरी सबै खानेपानी गुदरा लगिरहेकाले विवाद निम्तिएको बताएका छन्। ‘उक्त मुल गुदरा गाउँभन्दा अघि आरकुडाले प्रयोग गरिरहेको थियो। हाम्रो गाउँमा १२ परिवार बस्छन्’ उनले भने, ‘खानेपानी योजना समितिले एकलौटी रुपमा निर्णय गरेर हामीलाई अन्याय गरेकाले विवादमा कुटपिट भएको हो।’

त्यस्तै स्वबीगडा खानेपानी योजना समितिका अध्यक्ष भीमदत्त जोशी भने इस्टिमेट समेत तयार भएर बनिरहेको योजनामा विवाद गर्नु उचित नभएको बताउँछन। उनका अनुसार उक्त खानेपानीको मुल दर्ता भएर गाउँपालिकाबाट योजना स्विकृत भई बजेट समेत पारित भइसकेको छ।

अहिले खानेपानी योजनाका लागि धनगढीबाट सामान समेत आइसकेको अध्यक्ष जोशीले बताए। ‘७६ लाख गाउँपालिका र ग्रामीण जनस्रोत व्यस्थापन परियोजना (आरभीडब्लुआरएमपी)। त्यस्तै बाँकी रकम जनश्रमदान गरेर १ करोड ९ लाखमा उक्त खानेपानी योजनाको कार्य हुँदैछ’ उनले भने, ‘पहिले विभिन्न छलफल, सार्वजनिक सुनुवाई हुँदा कुनै विवाद आएको थिएन। सबैको हस्ताक्षर छ त्यसमा। तर अहिले काम सुरु हुनलाग्दा विवाद गरी कुटपिट गर्नु उचित भएन।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै