होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • थप १,२८२ जनामा कोरोना संक्रमण, १,२६२ संक्रमणमुक्त
समाचार

थप १,२८२ जनामा कोरोना संक्रमण, १,२६२ संक्रमणमुक्त

  • नागरिक रैबार
थप १,२८२ जनामा कोरोना संक्रमण, १,२६२ संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा १,२८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।१२ हजार ८१ पीसीआर परीक्षण गर्दा ९७५ जना र ३ हजार ४०७ एन्टिजेन परीक्षण गर्दा ३०७ गरी १ हजार २८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ भने १ हजार २६२ जना निको भएका छन् ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९२ हजार ३६७ पुगेको छ । नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार १०१ पुगेको छ भने ७ लाख ६२ हजार ४१६ जना संक्रमणमुक्त भएका छन् ।

विज्ञापन

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८४८ जना रहेका छन् । जसमध्ये १७ हजार ५३५ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ३१३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३८५ जना आईसीयू र १२५ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै २५६ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै १० वर्ष मुनिका २० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ६३ जना कोरोना संक्रमित थपिएका छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा २८५, कास्कीमा ८१, मोरङमा ८०, ललितपुरमा ६६, चितवनमा ५५, सुनसरीमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै रुपन्देहीमा ४४, भक्तपुरमा ४३, झापामा ३०, नुवाकोटमा १९, बाँकेमा १५, धादिङ र कैलालीमा १४/१४ जना, मकवानपुरमा १३, काभ्रेमा ११ र बागलुङमा १० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार