होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अस्पतालमा उपचार नपाएकी रोल्पाकी बसन्ती बिकलाई शाहीको पहलमा नगद सहयोग
समाचार

अस्पतालमा उपचार नपाएकी रोल्पाकी बसन्ती बिकलाई शाहीको पहलमा नगद सहयोग

  • नागरिक रैबार
अस्पतालमा उपचार नपाएकी रोल्पाकी बसन्ती बिकलाई शाहीको पहलमा नगद सहयोग

लामो समयदेखि आर्थिक अभावका कारण छोरीको उपचार गर्न नपाएका रोल्पाका विरभान बिकलाई सामाजिक अभियान्ता रिता शाहीले उपचारका लागि आर्थिक सहयोग गर्नु भएको छ । रोल्पा घर भई ६ महिना अगाडि ५ वर्षीया छोरी बसन्ती बिकको उपचार गराउन भनेर काठमाडौ आएका विक उपचार गर्ने पैसा नै नभएपछि अस्पतालबाट बिरामी छोरीका लागि सडकममा सडकमा भिक माग्दै भौतारिरहेका थिए ।

शाही बिरामी भएर अस्पताल जाँदै गर्दा बिरभान विकसँग भेट भएको हुँदा रुदै आफ्नो समस्या सुनाएपछि शाहीले उनीहरुको रोदन सहितको फोटो भिडियो लिएर फेसबुकमा पोष्ट गरेको र सोही पोष्टलाई देखेर मनकारी व्यक्तित्वहरुले आर्थिक सहयोग गरेको बताउनु भएको छ ।

शाहीको उक्त पोष्ट देखेर अमेरिकामा बस्दै आउनु भएका सामाजिक अभियान्ता समाजसेवी शिब सिलवालले अमेरिकामा बस्ने कृत शाहि ,चन्द कार्की ,चन्दा खड्का ,दियो गुरुङ ,रुर्थ राई लगायत मार्फत संकलित १४ हजार रुपैयाँ आर्थिक सहयोग गर्नु भएको थियो । उक्त पैसा शाहीले बिरभान बिकलाई हस्तान्तरण गरेको बताउनु भएको छ । हाल बिरामी बसन्तीको उपचारपछि केही सुधार आएको छ । अस्पतालले नियमित निगरानीमा रहने गरि डिसचार्ज गरिएको शाहीले जानकारी दिनु भएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै