होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • प्रधानन्यायाधीशले भने, ‘म राजीनामा दिन्नँ’
देश/प्रदेश

प्रधानन्यायाधीशले भने, ‘म राजीनामा दिन्नँ’

  • नागरिक रैबार
प्रधानन्यायाधीशले भने, ‘म राजीनामा दिन्नँ’

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूले राजीनामा नदिने न्यायाधीशहरूलाई जवाफ दिएका छन् । आज न्यायाधीशहरूसँग प्रधानन्यायाधीश जबराले करिब ४५ मिनेट छलफल गरेका थिए । सो क्रममा जबराले न्यायालय सडकको दबाबमा नचल्ने बताउँदै सबैलाई आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका थिए ।

आजको छलफलमा एक जना न्यायाधीशले प्रश्न उठेकाले सम्मानजनकरूपमा मार्ग प्रशस्त गर्न प्रधानन्यायाधीशलाई आग्रह गरेको सह रजिस्ट्रार प्रवक्ता बाबुराम दाहालले रातोपाटीलाई बताए । जवाफमा जबराले बाहिरबाट दबाब आयो भन्दैमा राजीनामा नदिने स्पष्ट पारेका थिए । ‘मेरो नियुक्ति संविधानअनुसार भएको हो ।

मेरो बहिर्गमन पनि संविधान बमोजिम हुन्छ । बाहिरबाट दबाब आयो भन्दैमा राजीनामा दिने कुरा हुँदैन । केही श्रीमान्को विषयमा प्रश्न उठेका छन् । के तपाईंहरु राजीनामा दिन सक्नुहुन्छ ? तपाईंहरु राजीनामा दिनुहुन्छ भने म पनि दिन्छु,’ जबराको भनाइ उद्धृत गर्दै दाहालले भने, ‘सडकको दबाबबाट न्यायालय चल्दैन ।

विज्ञापन

यसरी राजीनामा दिन थाल्यो भने न्यायालय बच्दैन । म पदमा रहुञ्जेल संवैधानिक दायित्व पुरा गर्न तयार छु । तपाईंहरुले पनि आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ ।’​प्रधानन्यायाधीशसँग मंगलबार १५ जना न्यायाधीशहरु छलफलका लागि पुगेका थिए । सो छलफलपछि न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका छन् ।

राजनीतिक नियुक्तिमा भागबण्डाका साथै न्यायिक स्वतन्त्रता र गरिमाविपरीत काम गरेको भन्दै यतिबेला प्रधानन्यायाधीश जबरा चौतर्फी आलोचनाको केन्द्रमा रहेका छन् । सोमबार ​न्यायाधीशहरूले प्रधानन्यायाधीशले राजीनामा गरेर मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेका थिए । चार पूर्वप्रधानन्याधीश, पूर्व न्यायाधीशको र नेपाल बार पनि प्रधानन्यायाधीशको राजीनामा माग गरेको छ ।रातोपाटीबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार