नागरिक रैबार/बाजुरा ९ कार्तिक। नेकपा एमाले जिल्ला कमिटी बाजुरा केन्द्रिय सर्कुलर अनुसार वडा अधिवेशनमा जुटेको छ । अहिलेसम्म जिल्लाका ६९ मध्ये ५० बढी वडामा सहमतिका साथ नेतृत्व चयन गर्दै वडा अधिवेशन सकिसकेको एमालेले बाँकी रहेका वडाहरुमा अधिवेशन सम्पन्न गर्न लागेको छ ।
आज बडीमालिका नगरपालिकाका ४ वटा वडामा वडा अधिवेशन सम्पन्न हुने एमाले बाजुराका प्रचार विभाग प्रमुख अमर खड्काले बताएका छन् । उहाँका अनुसार आज १, ३, ८ र ९ नम्बर वडामा वडा अधिवेशन हुने भएको छ ।
बडीमालिकामा आज सम्पन्न हुने माथि उल्लेखित वडा अधिवेशन सम्पन्न गर्नका लागि १ नम्बर वडामा पुर्व संविधान सभासदस्य बसुन्धरा रोकाया, प्रचार विभाग प्रमुख अमर खड्का, जिल्ला कमिटी सदस्य लाल कार्की, ३ मा नगर कमिटी अध्यक्ष विरबहादुर रावल, जिल्ला कमिटी सदस्य तुलाराम जैशी र लक्षी विक, ८ मा एमाले सचिवालय सदस्य हरीबहादुर रोकाया, नन्दराम पण्डित र ९मा सचिवालय सदस्य तथा कार्याल सचिव काँशी विक, जिल्ला कमिटी सदस्य बुद्धी बोगटी, काल्चे दमाई लगायतका नेताहरु छन् ।
बडीमालिकाका ९ मध्ये ४ वटा २, ५, ६, ७ नम्बर वडामा यस अघि नै वडा अधिवेशन सकिएको र बाँकी १ वटा वडा नम्बर ४ मा भोली सम्पन्न गरिने नेता अमर खड्काले बताएका छन् ।
फेसबुक प्रतिक्रियाहरु