होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमका अर्थमन्त्री एमाले बैठकका लागि काठमाडौं उडे
समाचार

सुदूरपश्चिमका अर्थमन्त्री एमाले बैठकका लागि काठमाडौं उडे

  • नागरिक रैबार
सुदूरपश्चिमका अर्थमन्त्री एमाले बैठकका लागि काठमाडौं उडे

धनगढीः नेकपा एमाले विभाजन संगै सुदूरपश्चिमका नेताहरु आ–आफ्नो कित्ता क्लियर गर्ने क्रम जारी रहेुको छ। एमालेमा आएको फुटसंगै माधव नेपाल पक्षधरले (नेकपा एकीकृत समाजवादी) पाटी दर्ता गरिसकेका छन।

प्रदेश सरकारमा रहेका एमालेतर्फका मन्त्री तथा सांसदहरु पनि आफ्नो कित्ता क्लियर गर्ने क्रममा छन्। प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारी र पूर्व वन मन्त्री माया भट्ट माधवको समाजवादी पार्टीमा खुलेसकेका छन्।

यता प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह भने एमाले बैठकमा सहभागी हुन संघीय राजधानी उडेका छन्। आज(बिहिबार) शाह काठमाण्डौँ उडेका हुन्। शाह यसअघि माधव पक्षमा थिए। उनी एमाले नेता भीम रावल निकट मानिन्छन्।

विज्ञापन

यस्तै एमाले बैठकमा सहभागी हुन सुदूरपश्चिमबाट प्रतिनिधि सभा सांसद भैरबबहादुर सिंह, नेकपा एमाले प्रदेश कमिटी सचिव राजेन्द्रसिंह रावल र गोदावरी नगरपालिकाका नगर प्रमुख हरिसिंह साउद पनि काठमाण्डौँ पुगेका छन्।
आफूहरु काठमाडौं पुगेको बताउदै आज पार्टीको बैठकमा सहभागी हुने प्रदेश सचिव रावलले बताए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार