होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बझाङमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउन जनचेतना कार्यक्रम
समाचार

बझाङमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउन जनचेतना कार्यक्रम

  • नागरिक रैबार
बझाङमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउन जनचेतना कार्यक्रम

१३ वैशाख, बझाङ । कोरोनाको जोखिम हुन नदिन र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराउन प्रहरीले बझाङमा जनचेतनाका कार्यक्रम शुरुवात गरेको छ । सदरमुकाम चैनपुरका विभिन्न क्षेत्रमा पुगेर स्वास्थ्य सुरक्षाका मापदण्डलाई अनिवार्य पालना गर्न आग्रह गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले चोकचोक र सडकमा माइकिङ गरेर सचेतना फैलाएको छ । जिल्लामा कोरोना संक्रमण दर दिनानुदिन बढ्दै गएकाले समयमै जिल्लाबासीलाई सचेत बनाएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए ।

 

‘कोरोना कसैलाई सोधेर लाग्दैन । रोग लाग्नुभन्दा लाग्न नदिने उपाय अवलम्बन गर्नु राम्रो हुनेछ,’ उनले भने, ‘स्वास्थ्यका मापदण्ड पालना गर्नु अरुका लागि हैन आफ्नै लागि हो ।’

घरबाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न, स्यानिटाइजर प्रयोग गर्न र साबुनपानीले राम्ररी हात धुन, २५ जनाभन्दा बढी भेला नहुन र व्यक्तिगत दूरी कायम गरेर अघि बढ्न, सवारी साधनमा यात्रा गर्ने चालक तथा यात्रुलाई अनिवार्य मास्क लगाउन, कोरोनाको लक्षण देखिने बित्तिकै नजिकैको स्वास्थ्य संस्था, आइसोलेसन बेड तथा क्वारेन्टिनमा बस्नसमेत आग्रह गरिएको छ ।

बझाङ जिल्ला अस्पतालको प्रयोगशालामा पछिल्लो तीन दिनमा ११५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २८ जनामा पोजेटिभ देखिएको छ । तीमध्ये एकजनाको मृत्यु भइसकेको जिल्ला अस्पताल सिमखेतका कोभिड फोकल पर्सन नारायण जोशीले जानकारी दिए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि