होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, पुस २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मन्त्री लेखराज भट्टले भने, ‘अब सुदूरपश्चिम प्रदेश सरकार फाल्नुपर्छ’
समाचार

मन्त्री लेखराज भट्टले भने, ‘अब सुदूरपश्चिम प्रदेश सरकार फाल्नुपर्छ’

  • नागरिक रैबार
मन्त्री लेखराज भट्टले भने, ‘अब सुदूरपश्चिम प्रदेश सरकार फाल्नुपर्छ’

धनगढीः संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेश सरकारलाई फाल्नुपर्ने बताएका छन्।शुक्रबार बिहान धनगढी विमानस्थलमा उत्रिएलगत्तै पत्रकारहरूसँग बोल्दै मन्त्री भट्टले सुदूरपश्चिम सरकार परिवर्तन हुने दाबी गरेका हुन्।

उनले भने, “हामी नेतृत्वमा रहेका व्यक्तिहरू अहिले आएका छौँ। छलफल गर्छौँ। पार्टीले छलफलपछि एउटा निष्कर्ष निकाल्छ। आम जनताको राय पनि त्यस्तै छ ‛यो प्रदेश सरकारले गति लिन सकेन, अब चाहिँ यसलाई फाल्नुपर्छ’ भन्ने नै छ।’”मन्त्री भट्टको भनाइ प्रति सुदूरपश्चिम प्रदेशको त्रिलोचन भट्ट सरकारको औपचारिक प्रतिक्रिया आइसकेको छैन।

उनले एमालेका नेपाल पक्षीय नेता भीम रावल लगायतका विषयमा मागिएको स्पष्टीकरणको उत्तरपछि मात्र कारबाहीको प्रक्रिया अगाडि बढ्ने बताए।तर नेकपा एमालेमा रावल र अन्य नेताहरूको लागि ढोका खुल्ला रहेको भट्टले बताए।

विज्ञापन

भट्ट आफैँ पूर्व माओवादी केन्द्रका नेता हुन्। उनी अहिले प्रधानमन्त्री केपी ओली नजिक भएका छन्।

संयोग पनि कस्तो माधव–प्रचण्ड समूहका भनिएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाह पनि सो पत्रकार सम्मेलन स्थल नजिकै थिए।

उनी मन्त्री भट्टको स्वागतका लागि नभएर काठमाण्डौ जान विमानस्थलको विशिष्ठ कक्षमा पुगेका थिए। मन्त्री भट्ट र शाह बीच सामान्य कुराकानी भएको थियो।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै