नागरिक रैबार
बाजुरा १३ माघ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुरा प्रदेश निर्वाचन क्षेत्र (क) को कोल्टीमा विरोध प्रर्दशन सूरु भएको छ ।
गत पुस ५ गतेको प्रतिनिधि सभाको असंवैधानिक विघटनको विरुद्धमा आयोजना गरिएको विरोध प्रर्दशन कार्यक्रममा प्रदेश निर्वाचन क्षेत्र (क) का ४ वटै स्थानीय तहका नेता तथा कार्यक्रर्ताहरु सहभागि भएका छन् ।
विरोध सभालाई नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य एंव सुदूरपश्चिम प्रदेश इन्चार्ज भिम रावल, केन्द्रिय सदस्य प्रकाश शाह, माननीय बलदेव रेग्मी, केशव विक, युवा नेता महेश शाही लगायतका नेताले सम्बोधन गर्ने भएका छन् ।
सभालाई सम्बोधन गर्ने गरी नेता भिम रावल, प्रकाश शाह, बलदेव रेग्मी लगायतका नेताहरु केही समय पछि कोल्टीमा अवतरण हुने आयोजक नेकपा बाजुराले जनाएको छ ।
‘बाजुरा जिल्लाको नेकपाको आधार ईलाकाको रुपमा रहेको कोल्टी क्षेत्रमा केपी ओलीको असंवैधानिक संसद् विघटनको विरुद्ध पहिलोपटक विरोध प्रर्दशन कार्यक्रमको आयोजना गरिएको हो ।
फेसबुक प्रतिक्रियाहरु