होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • कैलालीका ५ सहित सुदूरपश्चिमका ७ नर्सिङ कलेजले अध्यापन अनुमति पाएनन्(नामसहित)
समाचार

कैलालीका ५ सहित सुदूरपश्चिमका ७ नर्सिङ कलेजले अध्यापन अनुमति पाएनन्(नामसहित)

  • नागरिक रैबार
[sharethis-inline-buttons]
कैलालीका ५ सहित सुदूरपश्चिमका ७ नर्सिङ कलेजले अध्यापन अनुमति पाएनन्(नामसहित)

काठमाडौं: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत ११२ वटा नर्सिङ कलेज मध्ये यो वर्ष ४५ कलेजले मात्रै विद्यार्थी भर्नाका लागि सिट पाएका छन्। चिकित्सा शिक्षा ऐन २०७५ को मापदण्ड अनुसार आफ्नै एक सय शय्याको अस्पताल नभएका तथा मापदण्ड नपुगेका र आफ्नै अस्पताल भएर पनि स्नातक तहका कार्यक्रम चलाएका कारण मापदण्ड अनुसार शय्या नपुग्दा ६७ वटा कलेजले विद्यार्थी भर्नाका लागि सिट पाउन सकेनन्।

जसमध्ये सुदूरपश्चिममा ७ कलेज रहेका छन्। कैलालीका मात्रै ५ मापदण्ड नपुगेका कलेजले नर्सिङ पढाउन नपाउने भएका छन्। कैलालीको फारवेस्ट टेक्निकल कलेज, नवजीवन कलेज अफ नर्सिङ एण्ड हेल्थ साइन्सेस्, पद्मा नर्सिङ कलेज, शैलेश्वरी फरवेस्ट स्कुल अफ हेल्थ साइन्स एण्ड टेक्नोलोजी र टीकापुर नर्सिङ क्याम्पस रहेका छन्।

विज्ञापन

यस्तै कञ्चनपुरको सेती महाकाली नर्सिङ क्याम्पस र डोटीको सुजङ हेल्थ एण्ड टेक्निकल एकेडेमीले पनि यस वर्ष प्रमाणपत्र तह (पिसिएल) नर्सिङ अध्यापन गराउन नपाउने भएका छन्।दिनेश खबरबाट सााभर

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै