होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, पुस ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कञ्चनरूपमा दुई वर्षभित्र घर–घरमा धारा
समाचार

कञ्चनरूपमा दुई वर्षभित्र घर–घरमा धारा

  • नागरिक रैबार
कञ्चनरूपमा दुई वर्षभित्र घर–घरमा धारा

सप्तरी: यहाँको कञ्चनरूप नगरपालिकामा सहरी खानेपानी तथा सरसफाइ आयोजना कार्यालय पानीपोखरी काठमाडौँका सहयोगमा ‘सहरी खानेपानी तथा सरसफाइ आयोजना’ सञ्चालन हुने भएको छ।

नगर प्रमुख वसन्तकुमार मिश्रले कञ्चनरूप–१२ स्थित धरमपुरमा अतिरिक्त बोरिङको शिलान्यास गर्दै खानेपानी आयोजनाको काम तीव्ररूपमा सुरु भएको घोषणा गरे। लामो समयदेखि खानेपानीको अभाव खटकिएको नगरपालिकाको केही वडामा खानेपानीको सर्वसुलभ व्यवस्था मिलाउन आयोजनाले सहयोग पुग्ने जानकारी दिए। आयोजना निर्माण सम्पन्न भएपछि सबैको घरघरमा खानेपानी पुग्ने आयोजनाले जनाएको छ।

कञ्चनरूप खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष भुवनबहादुर केसीले अतिरिक्त बोरिङ गर्ने, पाइप जडान गर्नेलगायतका प्रारम्भिक काम सञ्चालनमा आएको जानकारी दिए। सन् २०१८ मै भएको पहिलो सर्वेक्षणअनुसार आयोजनाबाट वडा नं ८ र १२ का सबै तथा वडा नं ४, ७, ९ र ११ का आंशिक गरी चार हजार ४६४ घरधुरीले खानेपानीको सेवा पाउने छन्।

विज्ञापन

आयोजनाका अनुसार नगरपालिकाको वडा नं १२ को धरमपुर र चर्खिया बस्तीपुर तथा वडा नं ८ को कञ्चनपुर हटियामा निर्माणाधीन स्थलहरू गरी छवटा पुरानैमा तीनवटा बोरिङ थप गरिनेछ। साथै १४० किलोमिटर पाइपलाइन जडान हुने आयोजनाले जनाएको छ। नौवटा बोरिङ र धरमपुर, रूपनगर र कञ्चनपुरमा निर्माणाधीन पानीट्याङ्कीबाट आपूर्ति गरिने खानेपानीको उत्पादन क्षमता कञ्चनपुर र रूपनगरमा प्रतिसेकेण्ड १५ लिटर र धरमपुरमा १० लिटर रहने प्राविधिकको भनाइ छ।

सन् २०१८ को ढाँचा अनुसार नगरपालिकाका २४ हजार ४६४ जनसङ्ख्या लाभान्वित हुनेछन्। सन् २०४० सम्ममा करिब ४० हजार जनसङ्ख्या पुग्ने अनुमान गरिएको छ। बीस वर्षपछि १६ हजार ९०१ घरधुरी थप हुने आयोजनाको प्रारम्भिक अनुमान छ। परामर्शदाता पिइएविन जेभी र निर्माण व्यवसायी शर्मा–दिवा–सगुन जेभी रहेको उक्त आयोजनाको २०७८ असार २९ गते ठेक्का सम्झौता भएको हो। जम्मा ६८ करोड ८४ लाख ९४ हजार ५०८ को लागत अनुमान रहेको यो आयोजना ४४ करोड २९ लाख ९ हजार १९९ करसमेत गरी ठेक्का सम्झौता भएको छ।

शर्मा दिवा सगुन जेभीले आयोजनाको काम गर्नेछ र ठेक्का सम्झौतापत्रमा उल्लेख भएअनुसार दुई वर्षभित्रमा पहिलो चरणको निर्माणकार्य सम्पन्न गरिसक्ने छ। यस आयोजनालाई विश्व बैंक (एडिबी) बाट ऋण प्राप्त भएको आयोजनाको व्यवस्थापन कार्यालयले जानकारी दिइएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार