होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ २६, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • मन्त्री शाहले गृह जिल्लाका युवाहरुलाई कार्यकक्षमै गरे दुर्व्यवहार
Breaking News

मन्त्री शाहले गृह जिल्लाका युवाहरुलाई कार्यकक्षमै गरे दुर्व्यवहार

  • नागरिक रैबार
मन्त्री शाहले गृह जिल्लाका युवाहरुलाई कार्यकक्षमै गरे दुर्व्यवहार

नागरिक रैबार/बाजुरा ९ भदौ। सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा कानुनमन्त्री प्रकाश बहादुर शाहले आफ्नै गृह जिल्लाका युवाहरुलाइ कार्यकक्षमै दुर्व्यवहार गरेको रानीबन स्पोट्र्स युथ क्लका अध्यक्ष धुव्र रोकायाले बताएका छन् ।

रानीबन स्पोर्टस क्लव बाजुराले पहिलोपटक राजधानीमा हुन गईरहेको ‘सि डिभिजन फुटवल खेल्नका लागि छनोट भएकोले खेलाडीका लागि आवश्यक पर्ने खर्च व्यवस्थापनका लागि गृह जिल्लाका मन्त्री शाहलाई कार्यकक्षमै भेटेर सहयोगका लागि आग्रह गर्न खोज्दा खोज्दा उल्टै आफुहरुमाथि दुव्र्यवहार गरेको क्लवका अध्यक्ष रोकायाले आरोप लगाए ।

त्यस्तै मन्त्री शाहलाई सहयोगका लागि आग्रह गर्न क्लबका अध्यक्षसहित संगै गएका क्लवका सल्लाहकार सदस्य डेनिश शाहीले पनि मन्त्रीबाट दुर्व्यवहार भएको बताएका छन् ।

विज्ञापन

यता मन्त्रीका स्वकिय सचिव जंग बिकले भने मन्त्री ज्यूबाट युवाहरुमाथि दुव्र्यवहार नभएको दावी गरेका छन् । साथीहरु मन्त्री ज्यूलाई सहयोगका लागि आग्रह गर्न मन्त्रालयमा पुगेका भएपनि मन्त्री ज्यूले मन्त्रालयबाट सहयोग गर्न नसकिने तर व्यक्तिगत रुपमा सहयोग गर्न सकिने छ भन्दै युवाहरुलाई मन्त्रालयबाट फेर्ता पठाएका हुन् उनले भने समाचारमा आएजस्तो युवाहरुलाई दुव्र्यवहार भएको छैन् ।

रानीवन स्पोर्टस क्लव अहिले सि डिभिजन फुटवल खेलमा आफ्नो प्रतिभा सहित सहभागिता जनाउनका लागि काठमाण्डाैमा पुगिसकेको छ । क्लवले अहिले खेलाडीहरुका खर्च व्यवस्थापनका लागि विभिन्न ठाउँबाट सहयोग जुटाइरहेको छ ।
No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार