होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • सिन्धुपाल्चोक दुर्घटना अपडेट : ३७ घाइते, २ गम्भीर
स्वास्थ्य-जीवनशैली

सिन्धुपाल्चोक दुर्घटना अपडेट : ३७ घाइते, २ गम्भीर

  • नागरिक रैबार
सिन्धुपाल्चोक दुर्घटना अपडेट : ३७ घाइते, २ गम्भीर

सिन्धुपाल्चोक : जिल्लाको सुनकोशी गाउँपालिका-३, कालिकाको छाप भन्ने स्थानमा यात्रुबहाक बस दुर्घटना हुँदा घाइतेको संख्या ३७ पुगेको छ। यसअघि गाडीमा च्यापिएका अन्य दुई जनाको अवस्था भने गम्भीर रहेको छ उनीहरुलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ।

घाइतेमध्ये १५ जनाको सिन्धु सदावहार अस्पताल, खाडीचौरमा र २० जनाको धुलिखेल अस्पताल, काभ्रेपलाञ्चोकमा उपचार भइरहेको छ।

खाडीचौरमा रहेका घाइतेहरुको अवस्था सामान्य रहेको र धुलीखेलमा रहेका २० जनाको अवस्था पनि खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए। गाडीमा च्यापिएका दुई जना पुरुषको भने अवस्था नाजुक रहेको र उनीहरुलाई उपचारको लागि धुलिखेल अस्पताल लगिँदै गरेको बस्नेतले बताए।

विज्ञापन

बुधबार सुनकोशी गाउँपालिकाको ठोकर्पाबाट काठमाडौंको लागि छुटेको कोशीपारि यातायातको बा३ख ८०३० नम्बरको बस दुर्घटना भएको हो। बस ढलान गरिएको घुम्ती सडकबाट करिब ३० मिटर तल खसेको छ।

बसको चालक तथा सहचालकको पहिचान नभइसकेकोले दुर्घटना के कारणले भएको हो भन्ने खुल्न नसकेको पनि बस्नेतले बताए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार