होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बस दुर्घटना, २६ जना घाइते, उद्धार कार्य जारी
समाचार

बस दुर्घटना, २६ जना घाइते, उद्धार कार्य जारी

  • नागरिक रैबार
बस दुर्घटना, २६ जना घाइते, उद्धार कार्य जारी

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकामा बुधबार यात्रीवाहक बस दुर्घटना भएको छ ।सुनकोसी गाउँपालिकाको ठोकर्पा भन्ने ठाउँबाट काठमाडौंको लागि छुटेको बा३ख ८०३० नम्बरको बस सुनकोसी–३, थापागाउँ भन्ने स्थानमा बिहान करिब ११ बजेर १० मिनेटमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी दक्षबहादुर बस्नेतले बाह्रखरीलाई जानकारी दिए ।

दुर्घटनामा २४ जना घाइेतको उद्धार गरिएको र दुईजना गाडीले थिचिएको अवस्थामा रहेको उनले बताए । प्रहरी र स्थानीयवासीद्वारा उद्धार कार्य भइरहेको डीएसपी बस्नेतले जानकारी दिए ।

घाइतेमध्ये नौजनाजनालाई उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल ल्याइएको छ । बाँकी १५ जनालाई सिन्धुपाल्चोककै खाडीचौरस्थित सिन्धु सदाबहार अस्पतालमा पठाइएको उनले बताए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार