काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेताहरुले चार महिनाभित्र नेकपा (एकीकृत समाजवादी) मुलुककै ठूलो दल बन्ने दाबी गरेका छन् ।निर्वाचन आयोगमा पत्रकारहरुसँग कुरा गर्दै सो पार्टीका नेता मेटमणि चौधरीले यस्तो बताएका हुन् ।
“प्रचण्ड, मोहन वैद्य, विप्लवदेखि उपेन्द्र यादवसम्म एकता हुन्छ,” उनले भने,“त्यसपछि हामी मुलुककै ठूलो पार्टी बन्छ ।”अपेक्षा गरेको भन्दा धेरै सांसदको सनाखत भएको उनको भनाइ थियो ।
फेसबुक प्रतिक्रियाहरु