नागरिक रैबार/बाजुरा ९ भदौ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को बाजुरा जिल्ला इन्चार्जमा पूर्व बाणिज्य तथा आपुर्ति राज्यमन्त्री कणर्बहादुर विकलाई जिम्मेवारी दिईएको छ ।
नेकपा माओवादी केन्द्रको हालै सम्पन्न केन्द्रिय कमिटीको बैठकले केन्द्रिय सदस्य समेत रहेका विकलाई बाजुरा जिल्लाको इन्चार्जमा जिम्मेवारी दिएको हो ।
बाजुराको जगन्नाथ गाउँपालिका घर भएका विक दुइदशक देखि राजनीतिमा सक्रिय भएर लागेका छन् । दश वर्षे जनयुद्धमा भुमिगत भएर लागेका विक नेपाल सरकारको बाणिज्य तथा आपुर्ति राज्यमन्त्री समेत भइसकेका थिए ।
फेसबुक प्रतिक्रियाहरु