होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन ३१, २०८२
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • फूटबलका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीद्वारा राजीनामाको घोषणा
खेलकुद

फूटबलका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीद्वारा राजीनामाको घोषणा

  • नागरिक रैबार
फूटबलका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीद्वारा राजीनामाको घोषणा

काठमाडौँ– नेपाली राष्ट्रिय फूटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिने घोषणा गरेका छन्। आइतबार सामाजिक सञ्जालमा फेसबुकमार्फत अलमुताइरीले राजीनाको घोषणा गरेका हुन्।

अखिल नेपाल फूटबल संघ (एन्फा) को टेक्निकल कमिटीले कुवेतका अब्दुल्लाहलाई प्रशिक्षक नियुक्त गर्न सिफारिस गरेपछि उनलाई गत चैतमा नेपाली राष्ट्रिय फूटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको थियो ।

विश्वकप छनोटअन्तर्गत नेपालले गत महिना तीन खेल खेलेको थियो। उनको प्रशिक्षणमा नेपालले विश्वकप छनोटमा चाइनिज ताइपेईलाई हराउदा अस्ट्रेलिया र जोर्डनसँग पराजय भोगेको थियो। त्यसअघि उनको प्रशिक्षणमा नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो।

प्रो–लाइसेन्स प्रशिक्षक तथा एएफसी कोचिङ इस्ट्रक्टर अब्दुल्लाहलाई नेपाल ल्याउनका लागि एन्फा र कतार फूटबल एसोसिएसनबीच सम्झौता भएको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै