होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन १०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • वडाध्यक्षले दिए ज्यान मार्ने धम्की
समाचार

वडाध्यक्षले दिए ज्यान मार्ने धम्की

  • नागरिक रैबार
वडाध्यक्षले दिए ज्यान मार्ने धम्की

बैतडी- बैतडीको सुर्नया गाउँपालिका-१ का वडाअध्यक्षले वडाबासीलाई ज्यान मार्ने धम्की दिएका छन् । वडाअध्यक्ष गजेन्द्रबहादुर चन्दले स्थानीय पदम टेलरलाई फोनबाट गाली गर्दै ज्यान मार्ने धम्की दिएका हुन् । ज्यानमार्ने धम्की पाएका टेलरले आज पत्रकार सम्मेलन गर्दै अडियो सार्वजनिक गरेका छन् । अडियोमा वडाअध्यक्ष चन्दले टेलरलाई ‘तैले मलाई धेरै पीडा दिएको छस् । तलाई काट्न आउँछु’लगायतका शव्दहरु प्रयोग गरेका छन् ।टेलरले भने, ‘मैले वडाअध्यक्षको आफन्तबाट ऋण मागेको थिएँ । उक्त ऋण वापतको १ लाख रुपैयाँ उहाँको खाता हालिदिए । पैसा खातामा हालिसकेपछि फोन गरेँ फोन गर्दा मलाई ज्यान मार्ने धम्की दिनुभयो ।’ टेलरले मंगलबार आफुलाई ज्यानमार्ने धम्की आएको भन्दै जिल्ला प्रशासन कार्यालय कठमाडौंमा उजुरी दिएका छन् । यस सम्वन्धमा कुरा गर्न खोज्दा वडाध्यक्षले भने बुवाको उपचार गर्न व्यस्त भएकाले कुराकानी गर्न नसक्ने अवस्थामा रहेको बताएका छन् ।

यस्तो छ कुराकानी 

पदम: मैले रुपैयाँ पठाइदिए मलाई किन हो गाली गरिरहेको ?

जगेन्द्र: के भनिस तैले ?

पदम: मैले रुपैयाँ पठाइदिएँ । आज एकलाख खातामा हाली दिएको छु ।

गजेन्द्र: मैले म्यासेजमा लेखेको छु । मेरा वुवा आइसियुमा छन् ।

पदम: हो बिहान हजुरले १ लाख ७८ हजार भनेर म्यासेज लेख्नु भयो र मैले तुरुन्त १ लाख रकम पठाइदिएँ ।

गजेन्द्र: मेराबुवा आइसियुमा भएको कुरा तँलाइ थाहा भएन । तर दुनियालाई थाहा छ । त्यो कुरा छोड् तैले मलाई धेरै पीडा दिएको छस् । तलाई काट्नुपर्ने हो । अब म बुवालाई छोडेर पनि तँलाई काट्न आउँछु ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ५ दिन अगाडि

भर्खरै