होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ४६ वर्षीय चेते कुलाल १५ वर्षदेखि ओढारमै, सम्पत्तिको नाममा एउटा फाटेको कम्बल
समाचार

४६ वर्षीय चेते कुलाल १५ वर्षदेखि ओढारमै, सम्पत्तिको नाममा एउटा फाटेको कम्बल

  • नागरिक रैबार
४६ वर्षीय चेते कुलाल १५ वर्षदेखि ओढारमै, सम्पत्तिको नाममा एउटा फाटेको कम्बल

जुम्ला, ९ पुस । जुम्लाको अहिले तापक्रम माइनस ६ डिग्री छ । जस कारण जुम्लावासीलाई चिसोबाट कसरी जोगिने भन्ने चिन्ताले सताएको छ । तर, चन्दनननाथ नगरपालिका–१ स्थित कुलालवाडाका ४६ वर्षीय चेते कुलाल १५ वर्षदेखि ओढारमै बस्दै आउनुभएको छ । घर नभएपछि उहाँ १५ वर्षदेखि ओढारमा बास बस्दै आउनुभएको हो । उहाँसँग सम्पत्तिको नाममा एउटा फाटेको कम्बल छ ।

उहाँ बिहान बेलुकीको छाक टार्नका लागि सडकमा भौँतारिँदै हिँडिरहनुहुन्छ । स्थानीय सरकार आएको करिब पाँच वर्ष पुग्न लागिसकेको छ । तर, उहाा वर्षौंदेखि गाँसबासको खोजीसँगै ओढारमा रात बिताउँदै आउनुभएको छ । चेते कुलाल हिमपातमा होस् या वर्षायाममा झरीलाई झेलेर किन नहोस्, ओढारमा बस्दै आउनुभएको छ । बिहान सबेरै गाँसको व्यवस्थाका लागि गाउँदेखि जिल्ला सदरमुकामसम्म उहाँ पुग्ने गर्नुभएको छ ।

गाउँमा हुने राहत वितरणमा उहाँले नपाउने गरेको गुनासो स्थानीयले गर्नुभएको छ । तर, स्थानीय तहले भने उहाँलाई राहत उपलब्ध गराउने गरेको दाबी गरेको छ । चेते कुलाल भोक लाग्नेबितिकै माग्न हिड्ने गर्नुभएको छ । गाउँमा कसैले दिएमा उहाँले खान पाउँनुहुन्छ । नत्र उहाँ भोकै ओढारमा बस्नुहुन्छ । चेतेलाई छाडेर उहाँकी श्रीमती र छोरा अलग्गै बस्नुभएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार